तपाईको यी ७ बानीहरु किड्नीका दुश्मन!

हाम्रो शरीरमा रगतको सफा गर्ने, हर्मोन बनाउने, खनिज बनाउने, खनिजको अबशोषण, पिसाब बनाउने, विषालु तत्व (टोक्सिन) निकाल्ने र एसिडलाइ सन्तुलनमा राख्ने जस्ता सबै महत्वपुर्ण काम किड्नीले गर्ने गर्दछ। त्यसैले हाम्रो शरीरको मुख्य भाग किड्नी हो भन्दा पनि फरक पर्दैन। तर तपाईका केही बानीहरूले किड्नीलाई हानिकारक बनाउँछ। आउनुहोस् हाम्रो जीवनशैलीसँग सम्बन्धित ७ यस्ता खराब बानीहरू थाहा पाउनुहोस्, जसले हाम्रो किड्नीलाई खराब पार्न सक्छ।

१. कम पानी पिउने: पानी हाम्रो लागी महत्वपुर्ण र शरीरलाई आवश्यक पर्ने पदार्थ हो।  कम पानी पिउने गर्नाले किड्नीमा धेरै नकारात्मक प्रभाव पार्नेछ। किड्नीले रगत सफा गर्छ र खराब तत्वलाई शरीरबाट निकाल्दछ। जसमा पानीको ठूलो भूमिका हुन्छ। यदि तपाईले कम पानी पिउनुहुन्छ भने टोक्सिन छान्नुको सट्टामा शरीरमा जम्मा हुन सुरु हुन्छ

२. धेरै नुनको सेवन: केही व्यक्तिहरूले आवश्यक भन्दा बढी नुन खान्छन्। सायद उनीहरुलाई थाहा छैन होला की उनीहरुको यो बानीले किड्नीलाई असर गर्दछ। अधिक मात्रामा नुनको सेवन गर्नाले शरीरमा सोडियम बढ्छ, जसले रक्तचापलाई असर गर्छ। यसले किड्नीमा असर पर्छ। त्यसैले प्रत्येक दिन ५  ग्राम भन्दा बढी नुनको प्रयोग नगर्नुहोस्।

 ३. पिसाब रोक्ने: केही व्यक्तिहरूको बानि  पिसाब रोकेर राख्ने हुन्छ। पिसाब रोकेर राख्नाले पनि किड्नी सम्बन्धि समस्याहरू बढाउँछ। यस्तो खराब बानीले किड्नीमा पत्थरी वा किड्नी फेल जस्ता समस्या उत्पन्न गर्दछ।
४. धेरै मीठो खाना: अधिक मिठाई खाने बानी पनि तपाईको किड्नीको लागि हानिकारक हुन सक्छ । वास्तवमा अधिक मीठो खानाबाट मूत्रको साथमा प्रोटीन निक्लिन सुरु हुन्छ। यदि  तपाईलाई  पनि यस्तो भइरहेको छ भने तपाई किड्नीको समस्याको सामना गर्दै हुनुहुन्छ।
५. धेरै पेनकिलरको प्रयोग: धेरै पेनकिलरको प्रयोग गर्नाले किड्नीमा असर पर्छ। पेनकिलरको प्रयोगले साइड इफेक्ट किड्नी र कलेजोसँग सम्बन्धित रोग लाग्छ । यसकारण पेनकिलर केवल डाक्टरको सल्लाहमा  मात्र लिनुहोस्।
.कम सुत्नु: हामी हाम्रो शरीरलाई आवश्यक पर्ने भन्दा कम सुत्नाले पनि किड्नीसँग सम्बन्धित समस्या हुन सक्छ। निदाएको समयमा कोशिकाहरूलाई क्षतिपूर्ति मिल्छ। पुरा निन्द्रा नसुत्नाले मेटाबेल्जियम प्रभावित प्रभावित हुन्छ र किड्नी  स्वस्थ हुदैन। त्यसैले पर्याप्त सुत्न प्रयास गर्नुहोस्।
७. धुम्रपान गर्नु: धुम्रपानको प्रयोगले धेरै गम्भीर समस्याहरू (विशेषगरी फोक्सो सम्बन्धि रोग) देखिन्छ। यसले एथेरोस्क्लोरोसिस रोग पनि उत्पन्न गर्दछ। जसको कारण रक्तनलिहरुमा रक्त प्रवाह ढिलो हुन्छ र किड्नीमा रगतको कमी हुनाले  यसको कार्यक्षमता कम हुन्छ। त्यसैले धूम्रपान नगर्नुहोस्।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर किन रक्सी पिएपछि कुनै पनि भाषामा कुरा गर्न सजिलो हुन्छ? यस्तो छ कारण!