आर्थिक सहयोगको लागि शान्तिको आग्रह

काठमाण्डौ । ओलढुंगा खिचीदेम्बा गाउँपालिका वर्डा नं ७ का पासाङ तामाङ र सीता तामाङकी २१ बार्षीय छोरी शान्ति तामाङ ( थोकर) विगत चैत्र महिना देखि बोनम्यारो रोगबाट पिडीत छिन् । रोग पत्ता लग्नु पहिले दुब्लाउदै जाने, हिड्न, वस्न र घरबाट बाहिर नस्किन निकै गाह्रै भएपछि भने उनलाई स्तुपा हस्पिटल बौद्धा , नेपाल मेडिकल कलेज र अल्का अस्पताल जाउलखेलमा उपचार लागि भर्ना गरियो । अन्तिममा अस्पतालले बोनम्यारो रोग लागेको पत्ता लगाएको पिडीतकी बाबु आमाले जानकारी दिए । अस्पताल अस्पतालमा उपचार गराउँदै हिडियो अनि मात्र रोग पत्ता लागेको हो । कति औषधि र कति जाँच गरियो । विक्रम संवत २०७३ चैत्र महिना देखि लगातार हस्पिटलमा उपचा गर्दै आइरहको पिडीतका आमाबुबाले उनको उपचारमा ८ लाख भन्दा बढी सकिसकेको बताए भने हाल उनीहरुलाई डेढलाख ऋण लागिसको पिडीतका आमाबुबाले बताए । १० कक्षा पढदा पढदै रोगले थलिएपछि पढाई पनि छोडनु परेको पिडीतल दुःखी हुँदै भनिन् ।

उनलाई अहिले अस्पतालले कुनै औषधि खाना नदिएपनि उनलाई क्यान्सर केयर नेपालको सहयोगमा प्राकृतिक औषधि सेवन गराउँदै आएको छ । जौको जमाराको जुस र सप्लिमेन्ट टवलेट खुवाउँदै आएका क्यान्सर केयर नेपालकी अध्यक्ष सिता भट्टराईले जानकारी दिइन् । जौको जमराले क्यान्सर पिडीतको लागि निकै राम्रो गर्ने भएकोले उनको संस्थामा आवद्ध रहेका ८ जना विभिन्न खालका क्यान्सरपिडीतहरुलाई जमराको जुस तथा सप्लिमेन्ट टयाबलेट खाना दिंदै आएका छिन् । केही क्यान्सर पिडीतलाई भने जौको जुसले निकै राम्रो गरेको बताइन् । उनलाई पनि विगत ६ महिना देखि जौको जुस खुवाउँदै आएको छ । क्यान्सर केयर नेपालमा रहेको अरु क्यान्सरपिडीतहरुको लागि आर्थिक संकलन गरेर उपचारमा सहयोग गर्ने र उनीहरुलाई प्राकृतिक उपचारद्धारा क्यान्सर निको पार्नको लागि उपचार गराँउदै आएका अध्यक्ष सीता भट्टराईले भनिन् ।

एक महिनामा जौको जुस र सप्लिमेन्ट टयाबलेट गरेर पैंतिस चालिस हजारको प्राकृतिक औषधि खानादिंदै आएकी बताइन् । बेला बेलामा ४ पाँच पाकेट रगत पनि दिइरहनुपर्ने भएको छ नत्र भने दुब्लाउँदै जाने र हिडन पनि नसक्ने अवस्थामा पुग्ने पिडीतका आमा बुबाले बताए । हामीले निकै चोटी रगत चढाइसके । उनको उपचार गर्न भारतमा लानु पर्ने भएकोले नेपाली रु २० देखि २५ लाख सम्म खर्च हुने भएकोेले पिडीतको आमाबुबाको खर्च गरेर उपचार गर्न सक्ने क्षमता नभएपछि सहयोगको लागि विभिन्न सामाजिकसंघ संस्था, समाजसेवी, ब्यवसायी तथा मनकारी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु सामु पिडीतका अविभावक र पिडीतले अनुरोध गरेका छन् ।

उनलाई आर्थिक सहयोग गर्न चाहाने विश्वभरका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले पिडीतकी बुबा पासाङ तामाङको मोबाइल नम्बर ९७७ ९८४९२९७९५६ र क्यान्सर केयर नेपालकी अध्यक्ष सिता भट्टराईको मोवाईल नम्बरमा सम्पर्क गरेर वा सिधै संस्थाको खातामा पैंसा पठाएर सहयोग गर्न चाहाने महानुभावहरुले क्यान्सर केयर नेपालको नाममा रहेको सिभिल बैंकको खाता नं ०२११०१०८४३७०११ बौद्धा शाखामा रकम पठाएर सहयोग गर्न सक्ने बताइएको छ ।

प्रकाशित : बिहिबार, पुष १३, २०७४१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिलन फाउण्डेशनले पर्वतको आर्थरमा निःशुल्क आँखा शिविर गर्ने