यस्तो छ गर्भधारण नहुनुको कारण, आजै समाधान गर्नुहोस्।

एन्टी मुलेरियन हर्मोन (एएमएच) महिलाहरुको शरीरमा पाइने एक महत्वपूर्ण हार्मोन हो। गर्भधारणमा आउने समस्या  प्राय: यो हर्मोनको असन्तुलनबाट उत्पन्न हुन्छ। यस असन्तुलनलाई कसरी सन्तुलन बनाउने ? गर्भधारण गर्न, भ्रूणको पूर्ण तरीकाले विकास गर्न र एक स्वस्थ बच्चा जन्म दिनको लागि शरीरमा एएमएच हार्मोनको सन्तुलन हुन अत्यन्त आवश्यक छ। हर्मोन असन्तुलनको समस्या बढ्दो उमेरसँगै बढ्दै जान्छ। हर्मोन असन्तुलनको  एक प्रमुख कारण तपाईको जीवन शैली हो। यदि तपाई अस्वस्थकर जीवन शैली बिताई रहनु भएको छ भने यो हर्मोन असन्तुलन हुने समस्या उत्पन्न खतरा बढ्छ।

एएमएच के हो ?

एएमएच एक हर्मोन हो जुन विकासशील अण्डा फोलिकसमा लुकेको हुन्छ। महिलाहरुको रगतमा एएमएच (AMH) को स्तरले  सामान्यतया राम्रो डिम्बग्रंथि आरक्षितद्वारा संकेत गरिएको हुन्छ अर्थात उर्वरीत पर्याप्त अण्डा कोशिकाहरुलाई प्रदान गर्दछ। एएमएच टेस्ट ठीक तरीकाले अण्डाशयको कार्यप्रणालीलाई राम्रोसँग बुज्न र रजोनिवृत्तिको संभावित शुरूवातको अनुमान गर्नका लागि प्रभावकारी साबित हुन्छ।

महिलाहरूमा प्राय: ४५ वर्षको उमेरमा रजोनिवृत्ति हुन्छ। तर शहरी क्षेत्रमा छिटो परिवर्तन गर्ने जीवनशैलीको कारण आज  त्यस्ता घटनाहरू बाहिर आउँदैछन्।  जसमा महिलाहरुको ओवेरियन रिजर्व समयभन्दा पहिले नै घट्न वा घटाउन सुरु गर्छ। यस्ता महिलाहरुलाई एएमएचको टेस्ट गर्न पनि भनिएको छ, जुन आईभीएफ वा त्यस्ता अन्य प्रविधिहरुको माध्यमले पुन: गर्भावस्थाको प्रक्रियाको माध्यममा जाँदैछ। एएमएचको स्तर घट्नाले अण्डाशयको कमजोर प्रतिक्रिया र अण्डाको संख्यामा घट्दो संख्यालाई पनि संकेत गर्दछ। गहन परीक्षणको लागि अन्य हर्मोनका साथै एएमएचलाई परीक्षण गर्न आवश्यक छ किनकी अण्डाशयममा फोलिकसको सही  मात्रा पत्ता लगाउन सकियोस्।

एएमएच परिक्षणको फाईदा

अन्डाशयको कार्यप्रणालीको बारेमा धेरै नयाँ जानकारी पनि एएमएच मार्फत आउँदैछ। एएमएच धेरै सानो विकसित फोलिकसमार्फत उत्पादन गरिन्छ। जन्मदेखि रजोनिवृत्तिसम्म कुनै पनि चरणमा एएमएच स्तरको जाँच गर्न सकिन्छ। खास गरी २० देखि २५ वर्ष सम्मको उमेरमा यो हार्मोन धेरै प्रभावित हुन्छ। यस परीक्षणको माध्यमबाट अण्डाशयमा अण्डाको उत्सर्जनको वास्तविक अवस्थालाई पत्ता लगाउन सकियोस् । यसलाई निर्णय गर्न सकिन्छ कि भविष्यमा गर्भधारण गर्दा कस्तो चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ।

प्रकाशित : मङ्गलबार, पुष ११, २०७४१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओठमा घाउँ हुनु ओरल क्यान्सरको सुरुवाती लक्षण, हुन्छ धेरै घातक