आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदै, अघिल्लो दिनसम्म भएन सबै टिकट बिक्री

एजेन्सी : एसीसी एसिया कप टी–२० क्रिकेटको छैटौं खेलमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदैछ।

दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ८:१५ बजे सुरु हुने खेलमा दुबै टोली लगातार दोस्रो जित निकाल्दै सुपर–४ मा प्रवेश सहज बनाउन चाहन्छन्।

समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरिसकेका छन्।

समूह ‘ए’ मा दुबैसँग २–२ अंक भए पनि नेटरनरेटको आधारमा भारत शीर्ष स्थानमा र पाकिस्तान दोस्रो स्थानमा छ।

पछिल्ला करिब १० वर्षयता राजनीतिक कारणले भारत र पाकिस्तानबीचको भिडन्त केवल आईसीसी वा एसीसीका प्रतियोगितामा मात्र सीमित भएको छ।

विगतमा यी दुई टोलीबीच हुने खेलको टिकट केही मिनेटमै सकिने गर्थ्यो, तर यसपटक भने खेलको अघिल्लो दिनसम्म पनि सम्पूर्ण टिकट बिक्री भइसकेको छैन।

प्रकाशित : आइतबार, भदौ २९, २०८२११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :