ओठमा घाउँ हुनु ओरल क्यान्सरको सुरुवाती लक्षण, हुन्छ धेरै घातक

पछिल्लो समय विश्वभर मुखको क्यान्सरको रोगी धेरै देखिन् थालेका छन्। विशेषगरी भारतमा सबैभन्दा बढी मुखको क्यान्सरको बिरामी छन्। नेपालमा मुख क्यान्सरका बिरामी कम भने छैन। भारतीयहरु तथा नेपालीहरु गुट्खा, पान मसाला, खैनी र सुर्ती आदि सेवन धेरै गर्ने भएको कारण पनि यहाँ मुख क्यान्सरका बिरामीहरु धेरै भएका हुन् । मुखको क्यान्सर तम्बाकु खाने व्यक्तिलाई मात्र हुँदैन्। मुखको क्यान्सर यानी ओराल क्यान्सर(Oral Cancer) जो कोहींलाई पनि हुन् सक्छ। सामान्यतया: रोग प्रतिरोधात्मक शक्ति कमजोर हुँदा यो क्यान्सर हुन्छ। मुखको क्यान्सर हुँदा सुरुवातमा सामान्य सङ्केत देखिन्छ, जस्तै – मुखमा गालाभित्र डल्लो निस्कनु, मुखमा सानोतिनो घाउँ हुनु, लामोसमयसम्म ओठ फुटिरहनु र ओठभित्रको घाउँ सजिलै नभरिनु आदि।

मुखको क्यान्सरको सुरुवाती लक्षण : 
मुखको क्यान्सरको सुरुवात मुख भित्र सेतो डल्लो या सानोतिनो घाउँबाट हुन्छ।
लामो सम्म मुखभित्र सेतो धब्बा, घाउँ, छाला रहन्छ भने, त्यो पछि गैर मुखको क्यान्सर बन्न सक्छ।
सास गन्हाउने, आवाज बदलिने, आवाज बस्ने, केही निल्न गाह्रो हुने र्‍याल धेरै आउने र रगतमिश्रित आउने जस्ता लक्षण पनि देखिन्छ।
धूम्रपान या मद्यपान गर्नेहरुलाई क्यान्सर हुने खतरा बढी हुन्छ। मुखको क्यान्सर मुखभित्र जिब्रो, गिजा, ओठ जहाँ पनि हुन् सक्छ।
घाउँ हुने, रगत आउने,  जलन हुने, सुन्निने र मुखमा दर्द हुने लगायतका लक्षण पनि देखिन्छ।

कस्ता मानिसमा हुन्छ धेरै खतरा ?
साधारणतया: मुखको क्यान्सर कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा हुन्छ, यसकारण जोकोहींलाई पनि हुन् सक्छ। यस बाहेक मुखलाई राम्ररी सफा नगर्दा पनि मुखको रोग र क्यान्सर हुन् सक्छ। तर पनि यसको सबैभन्दा बढी खतरा ती मानिसमा हुन्छ जो तम्बाकु या त्यो सँग जोडिएका चीजहरु जस्तै – गुट्खा, सुर्ती, जर्दा, पान, सुपारी, पान मसाला आदि खान्छन्। यस बाहेक बिडी, चुरोट, गाँजा, मद्यपान गर्नेलाई पनि मुखको क्यान्सर हुन् सक्छ।

मुखको क्यान्सरबाट बच्न के गर्ने ?
यदि मुख, ओठ या जिब्रोमा कुनै प्रकारको घाउँ या सेतो धब्बा बनेको छ र त्यो चाँडै निको भएन भने तुरुन्तै चिकित्सकलाई देखाउनुहोला। यदि मुखमा हुने क्यान्सरबारे प्रथम चरणमा थाहा पाईएमा त्यसको निदान सम्भव हुन्छ। यसमा ढिलाई गर्दा त्यसको भयावहता बढ्छ। यस बाहेक यदि कुनै लक्षण देखिएन भने पनि यी कुराहरुमा ध्यान दिनुहोला।

धूम्रपान एवं नशाको सेवन  नगर्नुहोला।
दाँत र मुख नियमित दुईपटक राम्रोसँग सफा गर्नुहोला।
दाँत, गिजा या मुख भित्र कुनै पनि बदलाव आएमा तत्काल डाक्टरबाट जाँच गराउनुहोला।
जंक फुड, प्रोसेस्ड फूड, कोल्ड ड्रिंक्स, डिब्बामा बन्द खानेकुराहरु सेवन नगर्नुहोला।
ताजा मौसमी फलफुल, सागसब्जी, सलाद अनिवार्य खानुहोला। यिनलाई राम्ररी धोएर मात्र खानुहोला।

प्रकाशित : बुधबार, माघ १४, २०७७१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :