मिचेल स्टार्कले लिए क्रिकेटबाट सन्न्यास

काठमाडौं : अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

३५ वर्षीय स्टार्कले मंगलबार औपचारिक घोषणा गर्दै अब आफ्नो ध्यान दीर्घकालीन करियर र टेस्ट क्रिकेटतर्फ केन्द्रित गर्ने बताए।

स्टार्कले भने, “टेस्ट क्रिकेट सधैं मेरो पहिलो प्राथमिकता हो। टी–२० खेल्दा निकै रमाइलो अनुभव भयो, विशेषगरी सन् २०२१ को विश्वकप विजय मेरो करियरको अविस्मरणीय क्षण रह्यो। तर अब म आफ्नो शरीरलाई व्यवस्थापन गर्दै लामो फर्म्याटमा निरन्तरता दिन चाहन्छु।”

उनले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने स्पष्ट पारेका छन्।

स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध टी–२० आई डेब्यु गरेका थिए। त्यसयता उनले ६५ खेलमा ७९ विकेट लिँदै अष्ट्रेलियालाई धेरै महत्वपूर्ण जित दिलाएका छन्।

विश्व क्रिकेटमा तीव्र गतिका बलरका रूपमा परिचित स्टार्क आफ्नो घातक इन्स्विङ र डेथ ओभरको उत्कृष्ट बलिङका लागि चर्चित छन्।

उनको यो निर्णयसँगै अष्ट्रेलियाको टी–२० टोलीले अनुभवी बलर गुमाएको छ भने टेस्ट र एकदिवसीयमा भने अझै उनको योगदान निरन्तर रहनेछ।

प्रकाशित : मङ्गलबार, भदौ १७, २०८२१०:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अस्ट्रेलियाबाट नेपाल फर्कियो क्रिकेट टोली, अबको योजना के होला त ?