काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरभित्र ठूलो संख्यामा जलेको अवस्थामा मानव अवशेष फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार पूर्ण रूपमा जलेको अवस्थामा ६ जनाको अस्थिपञ्जर भेटिएको हो।
उक्त शवलाई आवश्यक परीक्षण तथा पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।