यस्ता छन् चामलको पानीले मुख धुनुका अकल्पनीय फाइदाहरु!

उम्लेको चामलको पानी अर्थात माडले स्‍वास्‍थ्‍यमा गर्ने फाइदाको बारेमा सायद तपाईलाइ थाहा छ होला। तर तपाइलाई थाहा छ कि यो पानी स्वास्थको लागी जति फाइदाजनक छ त्यति नै छालाको लागी गुणकारी पनि छ। चामलले तपाईको सुन्दरतालाई अझ बढाउन मदत गर्छ। छालाको हेरचाहको लागि घरेलु उपाय प्रयोग गर्नेहरुलाई पाकेको चामलको पानीले धेरै फाइदा गर्छ। हप्तामा एकदिन यस घरेलु उपायको प्रयोग गर्नाले सौन्दर्यसँग सबन्धि केही समस्याहरुको हल सजिलै हुन्छ।

छालाको लागि चामलको पानी: चामलको पानीमा पर्याप्त मात्रामा पाइने प्रोटीनको,भिटामिन र एन्टीअक्सिडेन्टका कारण यसले छालालाई नरम बनाउछ। यसको प्रयोगले छालाको रङ्गलाई चम्किलो बनाउछ। अनुहारको दाग-पोतो र चाउरीपनलाई हटाउछ। यसबाहेक, छाला कसिलो हुन्छ। यी विशेषताहरूको कारण यो पानी एक राम्रो क्लिजर पनि हो।

प्रयोग गर्ने तरीका:

  • एक कप चामललाई राम्रोसँग पखालेर पानीमा भिजाउनु होस्।
  • आधा घण्टापछी चामलमा पाइने पोषण तत्व पानीमा घुल्छ। त्यसपछि यसलाई पकाउनु होस्।
  • चामल पाकेपछि यसको माड निकाल्नुहोस् र यसलाई चिसो हुन दिनुहोस्।
  • यो माडले आफ्नो अनुहारमा हाल्कासँग मसाज गर्नुहोस्।
  • मसाज  गरेको १० मिनेटपछी आफ्नो अनुहार धोएर सुक्खा कपडाले  पुछ्नुहोस्।
  • तपाईको अनुहारमा तुरुन्त फरक देखिन्छ।

कपालको लागि लाभदायक: छाला संगसंगै कपालको लागि पनि चामलको पानी धेरै फाइदाजनक छ । यदि तपाईमा पातलो र टुक्रिनेजस्ता कपालका समस्या छन् भने चामलको पानीले कपाल धुनुहोस्। चामलको पानी कपालमा लगाउनाले कपालमा चमक दिन्छ। चामलको पानी कपालमा लगाएर यसलाई २०  मिनेटको लागि छोड्नुहोस्। त्यसपछि स्याम्पु र कन्डिसनरले कपाल धुनुहोस्। तपाई महँगो उपचार बिना आफ्नो सुन्दर र उज्ज्वल कपाल बनाउन सक्नुहुन्छ।

प्रकाशित : आइतबार, पुष ०९, २०७४१८:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषहरुले यस्ता जुत्ता लगाउनुहोस्, देखिनेछ स्मार्ट!