पुरुषहरुले यस्ता जुत्ता लगाउनुहोस्, देखिनेछ स्मार्ट!

मानिसहरूको जुत्ता लगाउने तरीकाबाट उनीहरुको फेशनको अर्थ बुझ्न सकिन्छ। त्यसैले यसका लागि उनीहरूले हरेक अवसरमा लगाउने जुत्ताको उचित जानकारी हुनु आवश्यक छ। केही मानिसहरूलाई जुत्ता चप्पल किन्ने शोख हुन्छ। उनीहरूको संग्रहमा हरेक प्रकारका जुत्ता र चप्पल समावेश गरेका हुन्छन् । वास्तवमा, यो केवल एक शोख मात्र होइन, उनीहरूले यी विभिन्न प्रकारका ड्रेस र अवसरको हिसाबबाट आफुलाई प्रस्तुत योग्य देखाउनको लागि यी विभिन्न प्रकारका जुत्ता-चप्पल खरिद गर्ने गर्छन्।  सामान्यतया मानिसहरु कपडाको बदलिदो प्रवृतिसँगै आफ्नो स्टाइल पनि परिवर्तन गरी राख्छन् । आज हामी तपाईलाई विभिन्न जुत्ताका बारेमा बताउछौ। जान्नुहोस्  कति प्रकारका हुन्छन् जुत्ताहरु :

फर्मल जुत्ता: अफिस या औपचारिक मिटिङका लागि यो सबै भन्दा उपयुक्त जुत्ता मानिन्छ।

डर्बी: यो ओक्सफोर्ड भन्दा अलि कम औपचारिक हुन्छ र प्यान्ट-शर्टको साथमा लगाउन सक्नु हुनेछ।

ब्रग: यसको अगाडिको भागमा बुट्टा भरेको हुन्छ, जसले विशेष रूप दिन्छ र यो जुत्ता पार्टीमा लगाउन सकिन्छ।

लोफर्स: यसमा तुना नहुने भएको कारण यसलाई स्लिप अन पनि भनिन्छ। यसलाई अर्ध-औपचारिक प्यान्टसँग लगाउदा राम्रो देखिन्छ।

क्याजुअल शूज: यो जुत्ता भ्रमणमा वा अनौपचारीक बैठकहरू र सेमिनारहरूका लागि उपयुक्त हुन्छ। यसमा पनि ४ भेराइटि हुन्छ ।

स्नीकर: छाला वा अन्य कपडाहरूबाट बनेको यस जुत्ताको अगाडिको भाग अलि छोटो हुन्छ । यसलाई जीन्स वा शर्टमा लगाइन्छ।

डुङ्गा: यो जुत्ता हेर्दा डुङ्गा जस्तो देखिन्छ। यो जुत्ता क्याजुअल प्यान्ट र शर्टमा लगाइन्छ।

एस्पाड्रिल्स: यो जुत्तामा तुना हुदैन। यसलाई शर्टसँग लगाइन्छ।

बुूट: रफ-टफ लुक्स र हाइकिंग र ट्रेकिंग जस्तै गतिविधिहरुको लागि यो जुत्ता राम्रो मानिन्छ । यो जींस या ट्रेकिंग प्यान्टसंग लगाउनु पर्छ ।

स्पोट्र्स शूज: विभिन्न खेलहरुका हिसाबले जुत्ता पनि फरक-फरक हुन्छन्।  तर सामान्यतया दुई प्रकारका स्पोट्र्स शूज धेरैले लगाउछन्।

रनिंग शूज: यो जुत्ता लचिलो र नरम हुन्छ। यसलाई जिन्स, स्पोर्ट्स, ट्राउजर्स र सर्टसँग लगाइन्छ।

ट्रेनिंग शूज: यसको सोलले जमिनलाई समाउछ। यसलाई प्यान्टको साथमा लगाइन्छ।

प्रकाशित : मङ्गलबार, पुष ११, २०७४१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लामो कपाल बनाउनका लागि यी खाना