आकर्षक देखिनको लागि कपालको स्टाइल कसरी बनाउने? यस्तो छ उपाय !

कपालको स्‍टाइल बनाउनको लागी  नुहाउन र कस्तो स्टाईल बनाउने भनेर चिन्ता परिरहन्छ। जब तपाई पहिलो पटक कलेजमा जानुहुन्छ वा अफिसमा जानुहुन्छ, त्यतिबेला तपाई आफ्नो लुक्सलाई लिएर धेरै संवेदनशील बन्नुहुन्छ। तपाईको कपालको स्‍टाइलले तपाईको लुकलाई बदल्दिन्छ। यदि तपाइसँग साधारण कपाल छ भने तपाईको लागि धेरै  स्‍टाइलहरू छन् तर घुम्रेको कपालको लागि थोरै मात्र विकल्पहरू छन्। यस लेखको माध्यमबाट हामी तपाईलाई यस्तो हेयर स्‍टाइल बताउछौ जसलाई तपाइले सजिलै बनाउन सक्नु हुनेछ।

घुम्रेको कपाल: सामान्यतया घुम्रेको कपाल सुख्खा र कडा हुन्छ । यस्तो कपालमा हप्तामा दुईपटक स्याम्पु गर्नुपर्छ। घुमाउरो कपालको लागि विशेष प्रकारको स्याम्पु प्रयोग गर्नुहोस्। स्याम्पु गरीसकेपछि कन्डिसनर लगाउन नबिर्सनुहोस्। घुमुर्किएको कपालमा बढी धूल बसेको हुन्छ। त्यस कारण मनतातो पानीको प्रयोग गर्नुहोस्। यसले तपाईको कपालको धुलो र चाया जान्छ। घुमुर्किएको कपालमा सीरमको प्रयोग गर्नुहोस् जसले तपाइको कपालमा चमक ल्याउन मदत गर्छ। घुमाउरो कपालमा स्याम्पु गरिसकेपछि यसलाई कस्तो प्रकारको स्‍टाइल दिनुपर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। तपाई आफ्नो कपाल कम्मरसम्म लामो बनाउन सक्नुहुन्छ र समय-समयमा काट्नु पर्दछ। कपाल पछाडिको भन्दा अगाडिको कपाल छोटो हुनुपर्दछ। यस्तो कपाललाई खुल्ला राख्न पनि सक्नुहुन्छ वा तपाईको सुविधाको अनुसार बाध्न पनि सक्नुहुन्छ।

पिक्‍सी (Pixie) स्‍टाइल: यो हेयर स्‍टाइलमा तपाईको कपाल बब कट भन्दा पनि सानो हुन्छ। यदि तपाई प्राकृतिक रूप प्राप्त गर्न चाहानुहुन्छ भने यो हेयर स्‍टाइल तपाईको लागि राम्रो हुनेछ। यसमा कपालका लागी धेरै मेहेनत गर्नु कुनै जरुरी छैन किनकि यसमा कपाललाई सिरे ब्रोकन एग स्टाइल काटिएको हुन्छ। यस प्रकारका कपाललाई हरेक दिन स्याम्पु गर्न आवश्यक छैन।

साइड लेयरिङ्ग र श्यागी स्‍टाइल: साइड लेयरिङ्ग (layering) ले तपाइको लुकलाई एकदम परिवर्तन गरिदिन्छ। यदि तपाई पनि आफुलाई पहिलाको भन्दा फरक देखिन चाहनुहुन्छ र पुराना स्टाइल नराम्रो लागिरहेको छ भने यो स्टाइल तपाईको लागि एक राम्रो विकल्प हुन सक्छ। यो स्टाइलमा तपाईलाई कम उमेरको देखिन्छ । यदि तपाईले आफ्नो कपालमा कलर गर्नु भएको छ भने धेरै आकर्षक देखिन्छ।

यदि तपाई आफ्नो कपाल छोटो बनाउन चाहानुहुन्छ भने मध्यम लम्बाइको श्याग कपाल तपाईको लागि उत्तम छनौट हो। धेरै महिलाहरु बब कट हेयर स्टाइल (Bob Cut Hairstyle) मन पराउछन्। यदि तपाई  स्त्री लुकको साथ लामो कपालबाट छुटकारा चाहानुहुन्छ भने बब कटलाई प्रयास गर्न सकिन्छ ।

प्रकाशित : मङ्गलबार, पुष ०४, २०७४१७:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान! यसरी आईलाइनरको प्रयोग नगर्नुहोस्, जसले गुमाउछ आखाको ज्योति!