पुरुषलाई ह्यान्डसम बनाउने यी हुन् ५ घरेलु उपाय: थोरै ध्यान दिए मात्र पुग्छ!

एजेन्सी । हरेक पुरुषले आफु ह्यान्डसम देखिन चाहन्छन्। यसका लागी तपाइले केही चिज दैनिक रुपमा गर्नु पर्दछ ताकी तपाइको अनुहार र शरीरमा निखार आउन सकोस्। तर यसका लागी सही जानकारी हुन जरुरी छ।

आजकाल ह्यान्डसम वा गुड लुकिङ्ग केटाहरुलाई देखेर हर कोहीलाई पहिलो नजरमा आकर्षित गर्छ। कसरी ह्यान्डसम देखिने भनेर चिन्तित हुनुहुन्छ भने आजैदेखि यी उपायहरु दैनिक रुपमा प्रयोग गर्नुहोस्।

१.आईब्रो

केटीहरूले मात्र आइब्रो मिलाउन सक्छन् भन्ने होइन केटाहरुले पनि थ्रेडिङ्ग गर्दा राम्रो हुन्छ । यदि तपाईको धेरै आइब्रो छन् वा ठुला भएका छन् भने, तिनीहरूलाई ट्रिम गर्नुहोस्।

२.दारी

अनुहारमा केहि भागमा दारी र केहि भागमा खाली भएको राम्रो देखिदैन। दारीलाई प्रयोग नगर्नुहोस्  र आफ्नो दारीलाई सधै सफा राख्नुहोस्। यदि तपाइको दारी छ भने समय समयमा सेभीङ गर्नुहोस्।

३.नाकको कपाल

पुरुषहरुको नाकको रौँ धेरै बढ्ने गर्छ। त्यसैले डेटमा जानु अघि नाकको रौँ काटेर जानुहोस्। यसले गर्दा अरुलाई घिन लाग्दैन।

४.अनुहारमा चमक

अनुहारमा साबुन लगाएर मुख धुनाले अनुहार खस्रो हुन्छ। फेसवाशको प्रयोग गर्नुहोस्। यसले अनुहारलाई नरम बनाउछ ।

५.पिम्पल

अनुहारमा पिम्पल आउना साथ यसको उपचार गर्नुहोस्। पिम्पललाई ननिचर्नुहोस् र यसमा साबुन पनि नलगाउनुहोस्। कुनै एन्टिसेप्टिक क्रिम प्रयोग गर्न सक्नुहुन्छ।

प्रकाशित : मङ्गलबार, पुष ०४, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आकर्षक देखिनको लागि कपालको स्टाइल कसरी बनाउने? यस्तो छ उपाय !