आइरनको कमीले तपाईको सौन्दर्यमा कसरी असर पार्दछ त ? पुरा पढ्नुहोस !

स्वस्थ रहनका लागि पौष्टिक तत्व, खानेकुरा, ब्यायम, सरसफाई लगायत सबै कुराको निकै आवश्यक रहेको हुन्छ । यस्तै एक अति आवश्यक तत्व छ आइरन । यदि यसको कमी भए शरीरमा अनेक प्रकारको रोगहरु लाग्नुको साथै अनुहारको सुन्दरतामा पनि दाग लाग्नेछ । अनुहारमा रगतको कमी हुनसक्छ । आइरनको कमिमा यस्तो समस्या आउन सक्छन जसले हाम्रो सौन्दर्यमा पनि दाग लगाउने गर्दछ ।

पहेलो अर्थात् फिक्कापन: आइरनको कमी हुनाले तपाइको छालाको रंग पहेलो हुदै जान्छ । यस्तै छालामा सुक्खा पन आउनुको साथै अनुहारको चमक पनि हराउने गर्दछ ।

कपाल झर्नु: सुन्दर र बाक्लो कपाल महिलाको सुन्दरताको गहनाको रुपमा मानिन्छ । तर आइरनको कमीले कपाल कमजोर हुनेछ । आइरनको कमीको असर ब्लड सर्कुलेशनमा पर्ने हुनाले अक्‍सीजनको प्रवाह टाउकोसम्म पुग्न सक्दैन । जसको कारणले बिस्तारै-बिस्तारै कपाललाई जरादेखि कम्जोर बनाउने गर्दछ ।

नङ: शरीरमा आईरन कमी भएको छ भने नङ पनि पहेलो हुदै जान्छ । यस्तै नङ छिटो भाच्चिने, नङको प्राकृतिक रुपमा  चमक पनि हराउदँछ ।

 

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रात भरिमा शरीरको मुसा गाएब हुने यस्तो छ घरेलु उपाय!