रात भरिमा शरीरको मुसा गाएब हुने यस्तो छ घरेलु उपाय!

एजेन्सी, आजभोलि मानव शरीरमा विभिन्न खाले मुसा आईरहेको देख्न सकिन्छ । यो मुसाले गर्दा कतिपयको दैनिकी जीवनमा नै समस्या परिरहेको हुन्छ । यो निको हुने बजारमा विभिन्न मलम किनेर लगाउदा पनि नजान सक्छ । आज हामी मुसाबाट छुटकारा पाउनको लागि प्राकृतिक उपाय बताउन गईरहेका छौ । शरीरमा आउने मुसाको दुश्मन भनेको केरा हो । केराको प्रयोगले मुसालाई टाढा राख्न र प्राकृतिक सौन्दर्य बनाईराख्न मद्दत गर्दछ । मुसा हुनुको मुख्य कारण ह्युमन प्यापिलोमामा भाइरसको कारणले हुने गर्दछ । जसले पिगमेन्ट कोशिकाहरुलाई एक समूह बनाउदछ र त्यसैलाई हामी मुसा भन्ने गर्दछौ ।

मुसा सामान्यतया हेर्दा गाढा खैरो रंगको हुने गर्दछ । जसको उपचार समयमा नभए क्यान्सर जस्तो ठुलो रोगको रुपमा परिणत पनि हुन सक्छ । यसको उपचार आयुर्वेदको हिसाबले गर्दा निकै फाइदाजनक हुन्छ । केराको बोक्रामा एन्टिओक्सिडेंट तत्व पाइन्छ । जसले मुसालाई टाढा राख्न मद्दत गर्दछ । मुसालाई हटाउनको लागि केराको बोक्रा मुसा भएको ठाउँमा राखी रातभर राख्नु पर्दछ । यो बिधि दैनिक रुपमा गर्नाले मुसा आउने समस्याबाट कम हुन्छ ।

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यदी तपाई चम्चाले खाना खानुहुन्छ भने आजैबाट हातले खाने गर्नुहोस, जान्नुहोस ५ फाईदा !