अब ओठलाई प्राकृतिक रुपमा नै गुलाबी बनाउन यस्ता घरेलु उपाय अपनाउनुहोस् !

रुखो र कालो ओठले मानिसको सुन्दरतामा दाग ल्याउने काम गर्दछ । अधिक तनाव या बढ्दो उमेरको कारणले पनि हाम्रो ओठमा सुख्खापन, ओठको छाला चाउरिने जस्तो समस्या आउने गर्दछ । धेरै घाम र मौसम बदलिदा पनि तपाईको ओठमा परिवर्तन ल्याउछ भने मेवाको पातले तपाईलाई तुरुन्तै राहत दिन सक्छ । कब्जियत र पेटसँग सम्बन्धित समस्या भएकाहरुले  मेवा खादा राहत दिनुको गर्नुको साथै ओठको रुखो पनालाई पनि हटाउने काम गर्छ ।

कालो ओठलाई गुलाबी बनाउनका लागि मेवालाई मुसेर एउटा कचौरामा राख्नुहोस् र त्यसमा हल्का मह मिसाउनुहोस्। त्यसपछि एकछिन घोल्नुहोस् । अब उक्त तयार भएको पेस्टलाई आफ्नो ओठमा लगाएर आधा घण्टापछि चिसो पानीले पखाल्नुहोस् । यो उपाय केही दिनसम्म गर्नाले तपाईको ओठ गुलाबी हुनुको साथै चाउरीपन पनि हटेर जानेछ । मेवाको सट्टा ओठको कालोपनलाई हटाउनका लागी गान्टे मुलाको पनि प्रयोग गर्ने गरिन्छ । गान्टे मुलालाई काटेर त्यसको रस आफ्नो ओठमा दले ओठको रङ्ग प्राकृतिक रुपमा गुलाबी बन्न मदत्त गर्नेछ  ।

प्रकाशित : मङ्गलबार, मङि्सर १२, २०७४१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईले डरलाग्दो सपना देख्नु भएको छ ? यस्तो छ कारण !