के तपाईले डरलाग्दो सपना देख्नु भएको छ ? यस्तो छ कारण !

अन्य समयमा भन्दा निन्द्रा नलागेको समयमा नराम्रा सपना बढी देखिने गरिन्छ। यस्तो सपना देखेको बेलामा अरु समय भन्दा अलि असहज महसुश हुने गर्छ। अनुसन्धानकर्ताका अनुसार बारम्बार नराम्रा सपना देख्दा मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ । लगातार देखिने नराम्रा सपनाले बालबालिकाले भावनात्मक चोटको सामना गर्नुपर्ने छ ।

मुटुमा समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ । गहिरो निद्रामा परेका वेला अरू कुनै  मांसपेशीले काम गर्दैनन् तर  पनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांसपेशीलाई भने असर पार्न सक्छ । त्यसकारण मानिस गहिरो निद्राबाट ब्युँझेर खराब सपना सम्झन सक्छ  । मृगौलामा संक्रमण, रुघाखोकी लगायत अन्य रोगको संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने गर्छन्। एक अध्ययनपछि उनीहरूको प्रतिवेदन ‘स्लिप’ नामक पत्रिकामा  प्रकाशित गरिएको थियो ।

 

प्रकाशित : बुधबार, मङि्सर १३, २०७४१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यदी तपाई आफ्नो महिनावारी ढिलो बनाउन चाहनुहुन्छ भने यस्ता छन् घरेलु उपायहरु !