दहि र दुधमध्ये हाम्रो स्वास्थ्यको लागि कुन उचित ? यस्ता छ यी दुवैको फाईदाहरु !

दुधमा प्रयोग गरिने जोडनको माध्यमबाट दहि बनाउने गरिन्छ। यसैगरी हाम्रो स्वास्थ्यको लागि दुवै दहि तथा दुध उतिकै महत्वपूर्ण  हुने गर्छ । दहीमा हुने पौष्टिक गुणले हाम्रो पेटमा गडबडी  हुदा र पखाला लाग्दा यो फाइदाजनक हुने गर्छ। दहिलाई केहि दिनसम्म फ्रिजमा राख्न सकिन्छ तर दुध भने यसो गर्दा बिग्रने गर्छ । आज हामी तपाईहरुलाई दहि र दुधबाट हुने फाइदाबारे  भन्नजानकारी दिन्छौ :

दुधबाट हुने फाइदाहरु यस्ता छन् :

१. दुध पिउने मानिसमा हृदयघातको खतरा कम हुने गर्छ । दुधमा विभिन्न किसिमका भिटामिन तथा पोषणयुक्त तत्वहरु हुने गर्छ जसले मानिसलाई मुटुसम्बन्धि रोगहरुबाट बच्न मदत गर्छ। दुधमा हुने उच्च क्याल्सियमले मानव शरीरमा हुने खराब कोलेस्ट्रोल पनि  निम्त्याउन मदत गर्छ ।

२. दुधमा पाइने फोस्फोरस र क्याल्सियम जस्ता तत्वहरुले हाम्रो दाँतको विकास गर्न मद्दत गर्छ र दाँतलाई सड्नबाट  बचाउने गर्दछ।

३. दुध हाम्रो शारीरको लागि एकदम फाइदाजनक पदार्थ हो यसमा हुने क्याल्सियम, पोटासियम र प्रोटिन जस्ता पोषणयुक्त तत्वहरुले  उच्च रक्तचापको समस्या घटाउने गर्छ।

४. बालबालिकाहरुको लागि दुध अझ महत्वपूर्ण हुने गर्छ। यसले हड्डी मजबूत बनाउन मद्दत गर्नुको साथै रोगसँग लड्ने क्षमता वृद्धि गराउने गर्छ।

दहिबाट  हुने फाइदाहरु यस्ता  छन् :

१. दहीले विभिन्न रोगसँग लड्ने क्षमता वृद्धि गराउछ ।

२. दुधभन्दा बढी दहीमा १७ गुण हुने भएकोले  दहि सेवन गर्दा पोषक तत्वहरु पाउन सक्छौ।

३. नियमित रुपमा दहि सेवन गर्नाले कोलोरेक्टल र स्तन क्यान्सरको जोखिमबाट बच्न सकिन्छ।

४. दहीमा हुने पोषण तत्वले हाम्रो शारीरको तौल नियन्त्रण गर्न मद्दत गर्ने गर्छ । त्यसैले नियमित रुपमा दहि सेवन गर्नु स्वास्थ्यको लागि उचित हुन्छ ।

५. क्याल्सियम, भिटामिन बी जस्ता तत्वहरु दहीमा पाउने हुनाले ओस्टियोपोरोसिस नामक रोग लागेका बिरामीहरुलाई   दही राम्रो हुने गर्छ ।

 

प्रकाशित : शनिबार, कार्तिक २५, २०७४१९:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन बढ्छन् पुरुषका स्तन ?