किन बढ्छन् पुरुषका स्तन ?

डा. अमिर बज्राचार्य स्तन पुनर्निर्माण विशेषज्ञ काठमाडौं मेडिकल कलेज    

 

जन्मिँदा महिला र पुरुषको स्तन समान हुन्छन् । तर, प्राकृतिक नियम नै हो, महिलाका स्तन किशोरावस्थादेखि प्रौढसम्म नै बढ्ने प्रक्रिया चल्छ । पुरुषको स्तन भने जन्मिँदाभन्दा पछि तात्विक भिन्नतामा बढ्दैन । तर, कतिपयको भने ठीक फरक हुन्छ । पुरुषको पनि स्तन बढ्दै जान्छ ।

पुरुषको स्तन बढ्दै जानुलाई गिनेकोमास्टिया भनिन्छ । स्तन ग्रन्थिका तन्तुहरू तथा बोसो बढ्नु नै यो समस्या हो । पुरुषमा हुने हर्मोनको गडबडीले नै समस्या निम्त्याउँछ । यो समस्या बाल्यकाल, युवावस्था या बुढेसकाल जहिल्यै देखिन सक्छ ।

मोटोपनले पनि पुरुषको स्तन बढ्छ । उमेरको अन्तरसँगै स्तन बढ्दै जाने प्रक्रिया त भइहाल्छ । तर, हर्मोनको गडबडीले चाहिँ समस्याका रूपमै स्तन बढ्न सक्छ । अण्डकोषका हर्मोन, एड्रेनल ग्रन्थिका हर्मोन र थाइरोइड हर्मोनको गडबडीले स्तनमा समस्या पार्छ । मिर्गाैलाको गडबडी, कलेजोको गडबडी, कुपोषणले पनि समस्या निम्त्याउन सक्छ ।

मुटुरोगका औषधिहरू जस्तैः एमिडारोन, डिगोजिन, निफेडिपाइनलगायतको सेवनले पनि स्तन बढ्ने समस्या हुन्छ । रक्सी, हिरोइन, गाँजाजस्ता नशाजन्य पदार्थको सेवनले पनि यो समस्या देखिन्छ ।

युवावस्थामा पुरुषको स्तन बढ्दै जाँदा मानसिक रूपमा हीनताबोध हुने र लजालुपन देखिन्छ । यसले आत्मविश्वास कमजोर गराइदिन्छ । पुरुषमा पनि महिलामा जस्तै स्तन क्यान्सर हुने सम्भावना एक प्रतिशत रहेको तथ्यांकले देखाउँछ । मोटोपनका कारण पुरुषको स्तनमा अत्यधिक बोसो जम्न गई यस्तो रोग देखा पर्न सक्छ ।

उपचार
अप्रेसन विधिबाट यो समस्या समाधान गर्न सकिन्छ । सानो प्वाल बनाई औजारको सहयोगले बोसो तथा तन्तु हटाउने गरिन्छ । यो उपचार विधि सन् १९८० को दशकबाट सुरु भएको हो । यस्तो उपचार गर्दा घाउ सानो हुने तथा खत नदेखिने हुन्छ । अप्रेसनपछि रगत जम्ने, फोहोर पानी जम्ने र दुखाइ हुने समस्या कम हुन्छ । घाउको संक्रमण पनि कम हुन्छ । नयाँ पत्रिकाबाट 

प्रकाशित : आइतबार, कार्तिक २६, २०७४०८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडोमा यसरी गरौँ केटाकेटीको हेरविचार