उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ?

एजेन्सी – वृद्ध हुनु भनेको प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छाला पनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन् ।

यसका लागि हामीहरुले तल दिईएका फलफुललाई  विशेष जोड दिनु पर्दछ ।

१.स्याउ :
हाम्रो छाला चम्किलो बनाउने तत्वहरु कपर , भिटामिन सी , स्याउमा  र पोटासियम पाउन सक्छौ । त्येसैले  स्याउ खाने गर्नुहोस यसले तपाइको छाला चाउरी पर्नबाट बचाउछ ।

२.मेवा :
मेवामा हामीहरु पोषणयुक्त तत्वहरु पाउन सक्छौ ।मेवा खानाले हामीलाई धेरै फाइदाहरु हुने गर्छ जस्तै यसले हाम्रो तौल घटाउन मदत गर्छ र हाम्रो  छाला ताजा , जवान देखाउँछ।  मेवाको बियाँ पनि हाम्रो शरीरको लागि निकै लाभदायक हुने गर्छ।

३. सुन्तला :
सुन्तलामा भएको भिटामिन सीले हाम्रो  छाला चम्किलो बनाउँछ। यसको रस अनुहारमा दल्नाले हाम्रो अनुहारको दाग ,विबिरा लगायत अन्य समस्याहरु हट्दै जान्छन्।

४. अनार :
अनारबाट हामी भिटामिन सी, ए र  इ लगायत अन्य तत्वहरु हुने गर्दछ ।यसले हाम्रो छाला सुक्खा हुनुबाट  बचाउँने गर्छ भने हाम्रो छालालाई चम्किलो पनि बनाउने गर्दछ।

५. खर्बुजा :
खर्बुजाले हाम्रो शरीरलाई चिसो बनाउने गर्छ भने यसले हाम्रो छालालाई नरम पनि बनाउने गर्दछ ।यसबाट हामीले भिटामिन सी पनि प्राप्त गर्न सक्छौ । त्येसैले  खर्बुजा  खानु उचित हुने गर्दछ।

प्रकाशित : शनिबार, कार्तिक १८, २०७४१६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइँको ट्वाइलेट वा बाथरुम बस्दा मोबाइल चलाउने बानी छ ? सावधान ज्यानै पनि जान सक्छ !