के तपाइँको ट्वाइलेट वा बाथरुम बस्दा मोबाइल चलाउने बानी छ ? सावधान ज्यानै पनि जान सक्छ !

आधुनिक युगमा प्रविधिको विकासले मानिसहरुलाई यति सम्म सैखिन बनाएदिएको छ, की आजभोली मानिसहरु ट्वाइलेटमा बस्दा पनि मोबाइल फोन चलाउने गर्छन।

तर यो बानीले घातक रोगहरु निम्त्याउने थोरैलाई मात्र जानकारी हुन सक्छ । एक अनुसन्धान अनुसार सबैभन्दा धेरै रोगहरुको संक्रमण हुने ठाउँ भनेको बाथरुम वा ट्वाइलेट मानिन्छ। जब तपाई ट्वाइलेटमा ‘फ्लस’ अथवा पानी हाल्नुहुन्छ तब युरिन तथा दिशाहरुमा भएको किटाणुहरु हावामा फैलने गर्छ।

सबै भन्दा बढी किटाणु ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा हुन्छ। प्राय जसोले फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् जसका कारण सालमोनेला, सि–डिफिसाइल, इ–कोइलजस्ता ब्याक्टेरिया फोनमा पनि सर्दछन्। हामी हात धुन्छौ र खाने गर्छौं  तर रोगका कारणहरु हाम्रो मोबाइल फोनमा हुन्छन। हावाबाट पनि संक्रमण हुने भएकाले ट्वाइलेटमा बसेका बेला बोल्न पनि हुँदैन तर हामि त् मच्ची मच्ची फेसबुक या गेममा व्यस्त हुन्छौं दिशा गर्दा पनि ।

हाम्रो यस्तो बानीले हामीलाई अनेक रोगहरुले सिकार बनाइँ रहेका हुन्छन् । त्येसैले ट्वाइलेटमा बसेका बेला फोन चलाउने बानी आजैबाट  छोडी दिनुहोस् नत्र ज्यान जान सक्ने घातक रोग लाग्न सक्छ । समयमै विचार गरौ।

प्रकाशित : शनिबार, कार्तिक १८, २०७४१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रोटिनको कमी हुँदा खिन हुदा देखिने ६ लक्षणहरु यस्ता छन्