“डिप्रेसन” हटाउनका लागि औषधि उपयुक्त कि भजन किर्तन ? यस्तो भन्छ अनुसन्धान

एजेन्सी, भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) द्वारा गरिएको एक अनुसन्धानले संस्कार र भजन-कीर्तनको माध्यमबाट डिप्रेशनलाई हटाउन सकिने निष्कर्षमा पुगेको बताएको छ । अनुसन्धान अनुसार डिप्रेशन एक मानसिक रोग भएको कारणले गर्दा यो रोगबाट निको हुनको लागि औषधि भन्दा पनि भजन-कीर्तन निकै नै प्रभावकारी रहेको युनिभर्सिटीको सेन्टर फर स्टडी संस्कृतले  दाबी गरेका छन्।

केन्द्रका प्रोफेसर सुधीर कुमारका अनुसार “जुन व्यक्तिहरुलाई बाल्यकालमा नै नैतिकता र संस्कारको मूल्य मान्यता सिकाइएको हुन्छ।  त्यस्ता व्यक्तिहरुलाई भविष्यमा मानसिक तनाव र डिप्रेशन कम हुनेछ ।” साथै तनावबाट मुक्त हुन योग-साधना निकै प्रभावकारि हुने बताएका छन् । एकल परिवार र परिवारमा एक मात्र सन्तान हुने जस्तो परिस्थितिले आजकल  युवा उमेरमा गएर तनाव हुने र डिप्रेशन जस्ता समस्या देखा पर्ने गरेका छन् । यस्तो समस्याको लागि उपलब्ध भएको औषधिले शारीरिक समस्या मात्र हल गर्ने तर मानसिक समाधान नगर्ने अनुसन्धानमा  उल्लेख गरिएको छ ।

 

प्रकाशित : आइतबार, कार्तिक १९, २०७४१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बच्चालाई कतिन्जेली दुध खुवाउने ? यस्तो छ तरिका, पुरा पढ्नुहोस!