यस्ता छन् मृगौला फेल हुनुका कारक तत्वहरु
मृगौला फेल हुने समस्याले आजभोलि धेरै मानिसहरुमा देखिन थालेको छ। खासमा मृगौला सम्बन्धी समस्या अर्थात् मृगौला फेल हुने समस्या वंशाणुगत तथा अन्य यस्ता कारणहरुले गर्दा हुने गर्छ।
– उच्च रक्तचाप
– जन्मजात पिसाब नलीमा खराबी
– पिसाब सम्बन्धी समस्या
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– पाठेघर खस्नु
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी
– मधुमेह ।
मृगौला फेल हुने समस्याका लक्षणहरू यस प्रकारका हुने गर्छन:
– शरीरका विभिन्न अङ्ग सुन्निने
– सास फेर्न गाह्रो हुने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– ढाड र कम्मर दुख्ने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– क्षणक्षणमा पिसाब भइरहने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
¬– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– शरीर दुब्लाउँदै जाने।