विवाहपछि चाडै मोटाउने यी ५ खाने कुराहरु

विवाहपछि धेरै व्यक्तिहरु मोटाउने गर्दछन् । धेरैले खानपिनको कारणले भन्छन भने कतिपयले सन्तुष्टीका कारण बताउने गर्दछन् । अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रीसिनले गरेको अनुसन्धान अनुसार विवाहपछि धेरै ‘फास्ट फुड’ खाने बानीले गर्दा धेरै व्यक्तिहरु मोटाउने गर्छन।  जस्तै :

१. कफि: हामीहरु फुर्सदको समयमा विहान र साझ कफि वा चिया पीउने गर्छौ । यसमा हुने  क्यालोरी र चिनीमा हुने क्यालोरीले हाम्रो तौल झन-झन् बढ्दै जान्छ।

२. पाउरोटी: पाउरोटीमा ग्लाइसेमिक इंडेक्सको मात्रा बढी हुने भएकोले यसले रगतको मात्रा बढी गराई हाम्रो तौल  बढाउने गर्दछ । त्यसैले यो कुरामा धेरै ध्यान दिनुहोस् ।

३. दुध: दुधमा पाइने चिल्लो तत्वमा क्यालोरीको मात्र बढी हुने भएकोले यसले शरिरको तौल बढ्ने गर्दछ ।

४.फलफुलहरुको जुस: धेरै जसो फलफुलहरुमा गुलियोको मात्र बादी हुने गर्दछ । यसले गर्दा हाम्रो शरिरले कार्बोहाइड्रेड खपत गर्न सक्दैन र  तौल बढ्ने गर्दछ।

५. चकलेट : चकलेटहरुमा धेरै चिनीको मात्रा बढी  हुने गर्दछ जसले गर्दा क्यालोरीको मात्र बढी हुने गर्छ। यसले माटोपना अझै  बढाउने गर्छ।

 

प्रकाशित : शुक्रबार, कार्तिक १७, २०७४११:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अत्यधिक दाँत दुख्ने पिडा कम गर्न यस्ता ५ घरेलु उपाय अपनाउनुस !