अत्यधिक दाँत दुख्ने पिडा कम गर्न यस्ता ५ घरेलु उपाय अपनाउनुस !

दिनहु दाँत नमाझ्दा, किराले खाएर वा चिसो पानी पिउने बितिकै तातो खानेकुरा खाएपछि दाँत दुख्ने गर्छ। पिडा सहन नसकी हामी चिकित्सककोमा पुग्छौ र औषधि खान्छौ । अब सहन नसक्ने दुखाईको लागि यी घरेलु उपायहरु अपनाउनुहोस्।

१. आलु: यदि तपाइको दाँत धेरै दुखेको छ र सुन्निएको पनि छ भने काँचो आलुलाई काटेर एक टुक्रा लिई खेको ठाउँमा १५ मिनेट सम्म राख्नुस। यसले दुखाई कम हुनेछ।

२. कागती : कागतीमा भिटामिन सी हुनाले यसको प्रयोगले तुरुन्तै दात दुख्ने पिडा कम गर्न राहत मिल्छ ।

३. ल्वांग : दात दुखेको भागमा ल्वाङ या ल्वाङको तेल लगाउनाले पनि दुखेको निको हुन्छ।

४. लसुन : एक केस्रा लसुन नुनसंग मिसाएर या चोपेर दुखेको ठाँउमा राख्नुहोस् । यसले दुखाई कम हुन्छ।

५. प्याज : प्याजका धेरै फाईदाहरु छन् । हरेक ५ मिनेटमा प्याजको एक टुक्रा खाने गर्नाले दाँतको दुखाई मात्र नभईकन मुखको किटाणु पनि मार्न मद्दत पुर्याउछ ।

 

प्रकाशित : शुक्रबार, कार्तिक १७, २०७४१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जानी राखौं यस्ता छन् मृगौला फेल हुने कारण तथा लक्षणहरू