यी ५ योगासन जसले तपाईको यौनशक्ति बढाउँछ

यी ५ योगासन जसले जसले यौनशक्ति बढाउँछ :

१. १८० डिग्री स्प्लिट (हनुमानासन)


एक सय ८० डिग्रीमा खुट्टालाई दुई अलग दिशा तिर फट्याउदै बस्नु होस्। बसिसकेपछि आफ्नो दुबै हात टाँउको भन्दा माथि लगि नमस्ते गर्नुस र ३० सेकेन्डसम्म यत्तिकै रहनुहोस् । यो आसन गर्नाले हिप र कम्मरमुन्तिरको भागमा रक्तसञ्चार तिब्र रुपमा बढ्नुका साथै सो क्षेत्रका मांसपेशीलाई मजबुत बनाउछ।  जसले यौन स्वास्थ्यलाई फाइदा पुर्याउछ ।

२.कोब्रा पोज (भुजंगासन)


गोमन सर्पले झै हामीले पनि हाम्रो घाटि र टाउको उठाउनु पर्ने भएकोले यो आसनलाई कोब्रा पोज पनि भनिन्छ। सर्वप्रथम घोप्टो परेर बस्नुहोस् अनि आफ्ना हातका पन्जा र खुटाको औलाहरुको सहायताले टाउको र ढाडलाई सकेसम्म माथि उठाउन प्रयास गर्नुस। सकिन्छ भने टाउकोलाई ढाडसम्म लागि खुटालाई पनि पछाडीबाट ढाडसम्म ल्याउनुस र टाउको छुनुहोस्। यो आसन लामो सास लिदै केहीबेर भित्रै राख्दै गरिन्छ र यसो गर्नाले ढाड, कम्मर, भुजाका जोर्नी बलियो हुनुको साथै यौनशक्ति पनि बढ्छ ।

३. माउन्टेन क्लाइम्बर पोज (पर्वतारोही आसन)


अरु आसन मध्य यो आसन गर्न सजिलो छ। पहिला दुइ हात टेकेर पुष-अप गर्ने पोजिसन झै आसनमा बस्नुहोस् त्यसपछि देब्रे खुट्टा देब्रे हातको माथि सम्म लानुहोस् र ३० सेकेन्ड जति त्यतिकै बस्नुहोस्। अब त्यो खुटालाई पहिलेको अवस्थामा ल्याएर अब अर्को खुट्टालाई माथि लानुहोस् । यो आसन गर्नाले शरीरमा रत्तसञ्चार तीव्र हुनुका साथै तिघ्राका भित्री मांसपेशी पनि बलियो हुन्छ र यौन स्वास्थ्यलाई फाईदाजनक हुन्छ।

४. इन्भर्टेड प्लो (कर्णपिडासन)


सर्वप्रथम भुइँमा उत्तानो फर्किएर सुत्नुहोस्। लामो सास लिदै बिस्तारै खुट्टा उचालेर टाउको भन्दा पछाडी लानुहोस् र घुडाले कान च्याप्नुहोस्। यो आसनले मांसपेशीहरुलाई तन्काउने काम गर्नुका साथै कतिपय अवस्थामा बाँझोपन भएका महिलाका लागि पनि उपयुक्त हुन सक्छ।

५.बटरफ्लाई पोज (पुतली आसन)


यो आसन भुइँमा पलेटी कसेर गर्नुस । ढाडलाई सिधा राख्नुस र दुई कुर्कुच्चा जोडेर नमस्ते आकारमा लानुहोस।  अनि खुट्टाका औँलालाई दह्रोसँग समातेर यसलाई योनाङ्गको नजिक लानु होस। त्यसपछि गहिरो सास लिदै तिघ्रालाई पुतलीले पखेटा फडफडाए जस्तै तलमाथि गरि फडफडाउनुहोस् र बिस्तारै छिटो छिटो गर्दै लानुहोस्। यसो गर्नाले तिघ्राको भित्री भाग तन्किने र हिप, कम्मर मुनितिरको भाग सबै बलिया भई यौनजीवनमा सकारात्मक प्रभाव पार्छ।

 

प्रकाशित : बिहिबार, कार्तिक १६, २०७४१९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि चाडै मोटाउने यी ५ खाने कुराहरु