दम रोगबाट छुटकारा पाउन के गर्ने ? यस्ता छन् रोकथामका घरेलु उपायहरु

मानिसहरुको जीवनमा विभिन्न रोगहरु संक्रमण हुने गर्दछ । यस्तै मानिसहरुमा धेरै देखिने रोगहरु मध्ये एउटा दम रोग पनि मानिन्छ ।  दम रोगले  स्वासप्रश्वास प्रक्रियामा बाधा र फोक्सोमा असर पुर्याउँदछ । आजभोली दम रोगले धेरै युवायुवती र वृद्धहरूलाई सतेरहेको देखिन्छ ।

यदि हामीलाई दम रोग छ भने , उक्त स्वासनलीको भित्रको भाग सुन्निने गर्छ र  धुँवा , धुलो  र टेन्सनले गर्दा स्वासनलीमा झन् झन् बढि दवाव पर्ने गर्छ।

फिजजस्तो टासिने , नछुट्टिने खकार आउने  र  हिड्दा ,उकालो चढ्दा , ओरालो झर्दा गाह्रो महसुस हुने दम रोगका लक्षणहरु हुन् । दम रोग निकै खतरनाक रोग भएकोले यसको बिरामीहरुले खानेकुराहरुमा ध्यान दिनु पर्दछ जस्तै  चिल्लो खानेकुरा, दुध, दही, घिउ  जाँड, रक्सी, चुरोट, सुर्ति आदि खानु हुदैन् ।

रोकथामका घरेलु उपायहरु :

१. लसुन :

यदि तपाइलाई दमको रोग छ भने लसुनलाई २ कप दुधमा ३ कोसा राखेर उमालेर खाने गर्नुस ।यसले दम रोगको कारणले गर्दा फोक्सोमा परेको  दवाव कम गराउछ।

२. प्याँज :

प्याँज दम रोगको लागि निकै राम्रो मानिन्छ। यसले जलनलाई प्रतिरोध गर्न सक्छ र स्वासनलीको दभाव कम गराउछ । त्येसैले प्याँजलाई बफाएर वा काँचो प्याँज चपाउने गर्नुहोस ।

३. अदुवा:

अदुवाको टुक्रा मुखमा राख्दा वा चपाउँदा खोकी कम हुने गर्छ। यसको जुस, अनारको जुस र महलाई बराबर मात्रामा मिसाएर खानाले दमबाट मुक्ति पाउन सक्छौ।

४. तोरीको तेल :

तोरीको तेल हल्का कपूरको धुलोसँग तताएर बिरामीको छाती र ढाड मालिस गर्दा स्वासनलीलाई खुलाउँछ र स्वास फेर्न  बाधा हुदैन।

५. कफी वा कालो चिया पिउने :

कफी वा कालो चिया पिउनाले तपाईलाई आनन्द महसुस गराउछ  र यसले तपाईलाई स्वास फेर्न सजिलो हुन्छ  ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४११:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ खानेकुराहरु जसले हामीलाई आँखाको समस्याबाट राख्छन् टाडा