घरमै बसी कपाल बाक्लो बनाउनका लागि अपनाउनुहोस् यी ६ घरेलु उपायहरु

एजेन्सी, पछिल्लो समय बजारमा पाइने विभिन्न केमिकल युक्त मेहेन्दी र अन्य रेडिमेट सामानको प्रयोगका कारण कपाल झर्ने समस्या अधिकांश मानिसहरुको लागि चिन्ताको विषय बनेको छ।  कपाल झर्नु सामान्य भएपनि कपाल झरेर पातलो हुने समस्या निकै बढेको देखिन्छ । यो समस्याले सबैलाई धेरै तनाब दिईरहेको हुन्छ । कपाल पातलो भयो भने  मानिसहरुको सौन्दर्यमा असर पार्दछ ।  बदलिदो जीवनशैली, अस्वस्थ खानेकुरा, धेरै तनाब लिने, हर्मोनको असन्तुलन जस्तो समस्याले हाम्रो कपाल झर्ने र पातलो हुने गर्छ ।

यदि तपाइलाई कपाल  बाक्लो बनाउनु छ भने अपनाउनुहोस् यी घरेलु उपायहरु :

१. मेथी : मेथीको प्रयोगले कपाल बाक्लो हुनछ । मेथीलाई पानीमा करिब ८ घण्टा भिजाई  पिसेर कपालमा दल्नुहोस र आधी  घण्टापछि धुनुहोस। यसले तपाइको  कपाल बाक्लो बनाउन मद्धत गर्छ ।

२. अण्डा : हाम्रो कपाललाई पर्याप्त मात्रामा प्रोटिनको आवश्यक पर्दछ र अण्डामा प्रोटिन पाइन्छ । अण्डालाई घोलेर भिजेको कपालमा आधी घण्टा लगाई  पखाल्नाले  कपाल बाक्लो हुदै जाने गर्छ । हप्तामा १ चोटी यो विधि अपनाउनाले कपाल झर्ने समस्याबाट मुक्त हुनुका साथै कपाल बाक्लो हुने गर्छ ।

३. घिउकुमारी : घिउकुमारीको गुदी निकालेर कपाल झरेर पातलो भएको ठाउँमा दल्नुस।  र त्यसलाई करिब आधी घण्टा जति राखेर पखाल्दा तपाइको कपाल बाक्लो हुने गर्छ ।

४. अमला : अमलालाई मनतातो पानीमा मिसाएर लेप बनाई कपालमा लगाउनुस। यसलाई १५ मिनेटसम्म राखी कपाल पखाल्नाले कपाल बाक्लो हुनुका साथै कपाल कालो हुने गर्छ ।

५. मेहेन्दी : मेहेन्दीको पत्तालाई लेप बनाएर कपालमा लगाउनुस र आधि घण्टापछि यसलाई धुनुहोस्।  यसो गर्नाले कपाल कालो हुनुका साथै बाक्लो हुने गर्छ ।

६. सन बिउ : सन बिउमा कपाललाई चाहिने पोषण युक्त तत्वहरु जस्तै ओमेगा र प्रोटिन हुने गर्छन। जसले हाम्रो कपाल बाक्लो बनाउन मद्धत गर्दछ ।

प्रकाशित : सोमबार, असोज ३०, २०७४१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन फरफराउछ आँखा: यस्ता छन् ५ कारणहरु ? जानिराखौं, यस्ता रोगले पनि हुन सक्छ !