एजेन्सी – धेरैजसो महिलाहरु पुरुषको बोडीका कारण आकर्षित हुने गर्छन। उनीहरु चाहन्छन् की आफ्नो सपनाको राजकुमारको बोडी कुनै पनि सेलिब्रिटीको भन्दा कम नहोस्, खासगरि चौडा छातीको उनीहरु निकै प्रसंशक हुने गर्छन ।
महिलाहारको चाह हुने गर्छकी आफ्नो मान्छेको छाती चौडा होस् । यदि तपाईपनि चौडा छाति बनाउन चाहानुहुन्छ भने यी ३ आसनमा एक्सरसाइज गर्न सुरु गर्नुस् ।
बेञ्च प्रेस
यो एक्सरसाइज गर्नको लागि बेन्चमा ढाडको बल सुतेर दुई हातले बार्बेल समात्नु पर्छ। १२ देखि १५ पटक सम्म बार्बेल उठाउने र तल गर्ने व्यायाम गर्ने । यसो गर्नाले तपाईको छाती आकर्षक,पुष्ट र चौडा हुन्छ ।
डबल चेस्ट प्रेस
यदि बार्बेलको प्रयोगबाट गर्न चाहनु हुन्न भने ड्रम्वेलको सहयोगले पनि चेस्ट एक्सरसाइज गर्न सक्नुहुन्छ । यसलाई गर्नको लागि बेन्चमा ढाडको सहायताले सुतेर बार्बेल भए दुवै हातले समातेर उठाउने अथवा ड्रम्वेल भए दुवै हातमा ड्रम्वेल लिने। ध्यान दिनुस् यसको लागि ड्रम्वेल अधिक तल झुकाउनु हुँदैन।
पुश अप्स
पुश अप्स ब्यायामका अनेक फाईदा एक सय एक रहेका छन्। त्यस मध्य चौडा छाती पर्न पनि यसको अभ्यासले ठूलो भूमिका खेल्छ । यसको लागि पेटको सहाराले भुईमा सुत्नुस। अनि दुवै हातको सहाराले शरीरलाई माथि उठाउने र तल गर्ने गर्नुहोस्। यसले मसल्स बढाउनुको साथै हात/पाखुरा पनि बलियो बनाउछ।