एजेन्सी, यदि तपाई भात धेरै खान रुचाउनु हुन्छ र तपाईको पेट भात नखाई भरिदैन भने यो सूचना तपाईहरुको लागि हो । नियमित रुपमा भात सेवन गर्नाले धेरै तरिकाको रोगहरु लाग्न सक्ने सम्भावना हुन्छ । हावर्ड स्कूल ओफ पब्लिक हेल्थको अध्यनअनुसार एक कचौरा पोलिश गरिएको चामल सेवन गर्नाले टाइप टू डायबिटीज र हाम्रो तौल बड्ने सम्भावना हुनेगर्छ ।
भात खादा हुन सक्छ यस्तो हानी:
१. एक प्लेट भातमा १० चम्चा बराबरको क्यालोरी हुनेगर्छ । त्यसैले नियमित रुपमा भात खादा शारीरमा डायबिटीजको समस्या बढ्ने गर्दछ ।
२. भातमा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकोले गर्दा हाम्रो शारीरको तौल बढ्ने गर्छ ।
३. भात खादा हाम्रो पेट छिट्टो भरिने भए तापनि त्यति नै चाडो पच्ने हुन्छ। र अन्य खाने कुराहरु सेवन गर्नेगर्छौ जसले हाम्रो तौल बढ्न सक्छ ।
४. भातमा भिटामिन सिको मात्रा कम हुन्छ, जसले हाम्रो शारीरको हड्डीलाई केहि फाइदा हुदैन ।
५. भातमा केहि स्वाद हुदैन जसको कारण मानिसहरु यसको साथ धेरै नुनिलो खानेकुराहरु सेवन गर्ने गर्छन। जुन हाम्रो शरीरको लागि हानीकारक हुन्छ ।