यस्ता छन् फोक्सोको क्यान्सर लाग्नुको कारण: लक्षण, र बच्ने उपायहरु यस प्रकार छन्।

एजेन्सी – फोक्सो हाम्रो शरीरको निकै महत्वपुर्ण अंग हो । फोक्सोले हाम्रो शरीरमा अक्शिजन उपलब्ध गराउने र अनावश्यक हावा शरीरबाट फ्याल्ने काम गर्दछ ।

आधुनिक जीवनशैली र खानपिनको कारणहरुले गर्दा कहिलेकाँही हाम्रो फोक्सो खराब हुन सक्छ । फोक्सो बिना हाम्रो शरीरले काम गर्न सक्दैन । मानिसहरुलाई फोक्सोको महत्तो र यसलाई कसरि असर पर्छ भन्ने ज्ञानको अभावले गर्दा हरेक वर्ष लाखौ मानिसहरु क्यान्सरको शिकार हुदै आइरहेका छन् ।

फोक्सो क्यान्सर हुनुको प्रमुख कारणहरु :

१) फोक्सोको क्यान्सर हुने प्रमुख कारण भनेकै धुम्रपान हो ।
२) नियमित धुम्रपान गर्ने व्यक्तिको नजिक बस्नाले गर्दा पनि फोक्सोको क्यान्सर को सम्भावना हुन्छ।
३) बढी धूँवाधुलोमा र प्रदुषित वातवरणमा काम गर्दा क्यान्सर हुन सक्छ।
४) उन बाट्ने, मार्बल, ढुंगा काट्ने, इट्टा भट्टीमा लामो समय काम गर्दा क्यान्सरको सम्भावना धेरै हुन्छ।

लक्षणहरु:

१) घाँटी वरीपरीको भागमा गिर्खा देखिन्छ।
२) लामो समय खोकी लाग्छ र (सुख्खा वा खकारसहित) – खकारमा रगत पनि देखिन्छ।
३) श्वास फेर्न गाह्रो हुन्छ , दम बढ्छ ।
४) टाउको दुख्छ ,तौल घट्छ , थकाई बढी लाग्छ
५) कुनै पनि साधारण समस्या औषधि सेवन गर्दा पनि छिटो निको हुदैन।

यसबाट बच्न सकिने उपायहरु :

१) धुम्रपान नगर्ने र गर्ने व्यक्तिको नजिक नबस्ने ।
२) धूँवाधुलोमा काम गर्दा या हिड्दा मस्क को प्रयोग गर्ने।
३) सन्तुलित आहार, ३ महिनामा एक चोटि स्वास्थ्य जाँच गर्ने।
४) लक्षणहरु देखेर संका लाग्ने बितिकै स्वास्थ्य चौकीमा गईहालनु होस्।

प्रकाशित : बुधबार, असोज २५, २०७४१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आकर्षक शरीर बनाउन चाहनुहुन्छ त्यसोभए हरेक दिन गर्नुस् यी ३ सरल व्यायाम