यसकारण उमेर बढ्दै जाँदा छाला बिग्रिन्छ, सधैँ जवान रहन यस्तो उपाय अपनाउनुस

काठमाडौँ, पुरुषभन्दा महिलाको हकमा उमेरले ३० वर्ष कटेपछि छाला बिग्रिने समस्या हुन्छ । अधिकांश महिला यो समस्या झेल्ने गर्छन् । नयाँ पत्रिकाले छापेको छ । पहिले राम्रो रहेको छाला ३० वर्षको उमेरपछि किन बिग्रिने प्रक्रिया सुरु हुन्छ ? मुख्य कारण यस्ता छन् :

वंशाणुगत असर:
छालामा कतिपय समस्या वंशाणुगत कारणले हुन्छन् । ३० वर्ष कटेपछि स्वतः छालामा विभिन्न समस्या देखिन थाल्छन् । खासगरी चाउरी पर्ने समस्या वंशाणुगत हुन सक्छ । चायाँ, पोतो पनि वंशाणुगत कारणले हुन सक्छ । वंशाणुगत कारणले छालामा निम्तिएको समस्याको खास कारण पहिल्याएपछि उपचारमा लाग्नुपर्छ ।

हर्मोन गडबडी:
३० वर्षपछि अधिकांश हर्मोनमा गडबडी पैदा हुन्छ । यो उमेरका महिला प्रायः आमा बनिसक्ने भएकाले पनि हर्मोनमा गडबडी पैदा हुन्छ । ३० कटेपछि कतिपय हर्मोन उत्पादन नै कम हुन पुग्छ । हर्मोनमा हुने गडबडी छाला बिग्रिने प्रमुख कारण बन्ने गरेको पाइन्छ ।

तनाव–निराशा:
परिवार, बच्चाबच्ची, घरभित्रको काम, बाहिरको जागिर, अधिकांश महिला चौतर्फी दबाबमा हुन्छन् । बढी व्यस्तताले तनाव पैदा हुन्छ । स्वास्थ्य बिग्रिने मुख्य कारण तनाव पनि हो । तनावले मानसिक र शारीरिक दुवैतर्फ असर पुर्‍याउँछ । छालामा यसको असर प्रत्यक्ष देखिन्छ । कतिपयलाई भने जीवनमा केही गर्न सकिएन भन्ने निराशाले पनि तनाव पैदा गरेको पाइन्छ ।

केयरलेस:
केयरलेसका कारण पनि यो उमेरमा महिलाको छालामा खराबी आउने गर्छ । व्यस्ततालगायत विभिन्न कारणले छालाको स्वास्थ्यका लागि महिलाहरू समय निकाल्दैनन् । छाला बिग्रिएपछि मात्रै आत्तिन्छन् । त्यतिखेर उपचार निकै ढिला भइसकेको पनि हुन सक्छ । त्यसो त किशोरावस्थामा छालाको केयर नगर्दा पनि ३० कटेपछि असर देखिने गरेका धेरै उदाहरण भेटिन्छन् ।

त्यसो भए के गर्ने ?
छाला स्वस्थ राख्न छालामा तेल र पानीको मात्रा सन्तुलनमा राख्नुपर्छ । यो सबै उमेरका व्यक्तिका लागि आवश्यक भए पनि ३० कटेपछि झन् अत्यावश्यक हुन्छ । हरेक दिन डे र नाइट क्रिम लगाउने, तर छालाको प्रकृतिअनुसार । स्किन प्रोफेसनलसँग परामर्श लिएर आफ्नो छालासँग मेल खाने क्रिम प्रयोग गर्नुपर्छ । वेलावेलामा छालाको उपचार गरिरहनुपर्छ । छाला सामान्य छ, ठीकै छ भनेर ढुक्क हुनुहुन्न । बिग्रिएपछि सन्तुलनमा ल्याउन समस्या पर्छ । त्यसैले वेलावेलामा ट्रिटमेन्ट गर्नुपर्छ ।

सुत्ने समयबारे पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । पूरा निद्रा सुत्नुपर्छ । ६–८ घन्टा सुत्नैपर्छ । यसले तनाव पनि न्यूनीकरण गर्छ । खानपानले छालाको स्वास्थ्यमा ठूलो भूमिका राख्छ । खानामा पानीको मात्रा बढी प्राप्त हुने सलाद धेरै खानुपर्छ ।

पभी गुरुङ स्क्रिन प्रोफेसनल,कोरियन स्किन क्लिनिक, बालुवाटार

 

प्रकाशित : आइतबार, असोज ०८, २०७४१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उखुको जुस पिउदा यस्ता कुराहरुमा ध्यान दिनुहोस, नत्र स्वास्थलाई पुर्याउछ हानि!