के हो यौन असफलता ? आखिर किन हुन्छ यस्तो ?

डा. सुवोध पोखरेल 

काठमाडौँ – पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ । यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन ।

यौनमा असफल मानिस रुखो, रिसाहा, दुःखी, निरास, चिन्तित देखिन्छन् । उनीहरूमा मानसिक चिन्ता बढ्ने भएकाले अल्सर, दम, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जीउ गल्ने, कमजोरी हुने, हातखुटटा पोल्ने आदि रोग लाग्न सक्छ । यस्ता व्यक्तिहरू विभिन्न असामाजिक क्रियाकलाप, लागु पदार्थ सेवन, अवैध यौनमा लाग्न सक्छन् ।
किन हुन्छ ?
– मानसिक चिन्ता, झगडा, यौनबारे अज्ञानता, पति वा पत्नीप्रतिको वितृष्णा, थकाइ, अस्वस्थ भएमा ।
– लामो समयसम्मको हस्तमैथुन वा अप्राकतिक मैथनका कारण मानसिक चिन्ता देखापर्न सक्छ ।
– स्नायु प्रणालीमा समस्या
– मधुमेह
– महिलाको जनेन्दि«यको शल्यक्रियापछि योनीमा मासु टाँसिने आदि ।

प्रकाशित : शुक्रबार, भदौ ३०, २०७४१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

A, B, AB ब्लड ग्रुप हुने पुरषमा बढी नपुंसकता हुने,