किशोर अवस्थामा नै यौनसम्पर्क राखे हुन्छ यस्तो घातक रोग लाग्ने खतरा

एजेन्सी – आजभोलि यौन “सेक्स” का कुराहरु केहि खुला रुपमै बोल्न सकिने अवस्था बिस्तारै नेपाल जस्तो देशमा पनि आउदै छ।  तर सँगसँगै युवा-युवतीमा मात्र नभई सानै उमेरका किशोर किशोरीमा यौनक्रियामा संलग्न हुने अवस्था सिर्जना पनि भएको छ जसले धेरै ठुलो समस्या निम्त्याउनेवाला छ ।

सानै उमेरमा यौन क्रियामा आबद्ध हुनाले विभिन्न सरुवा यौन रोग लाग्ने देखि पाठेघर लगायतमा संक्रमण हने खतरा बढी रहन्छ।  यसबाट सरुवा रोग विश्वव्यापी रुपमा नै चिकित्सकीय र मनौवैज्ञानिक समस्या बन्दै गएको छ। कोरियाली रोग नियन्त्रण तथा उपचारात्मक केन्द्रको वार्षिक अध्ययन अनुसार किशोर–किशोरी उमेरमा यौनसम्पर्क गरेका २२ हजार ३ सय ८१ किशोर किशोरीमाथि गरिएको सर्वेक्षण अनुसार करिब ७.३ % किशोर र ७.५% किशोरीले एसटीआई भएको थियो।
सानो उमेरमा नै यौनसम्पर्क गर्नाले एसटीआइको वृद्धि देखाउने र गोनोरिया, चाल्माइडिया, एचआईभी, साइफिल्स लगायत अन्य यौनजन्य रोगको संक्रमणको खतरा उच्च हुने अध्ययनले देखाएको छ ।

त्येसैले यौन सम्पर्क गर्नु अघि यौन सम्पर्कको समयलाई ख्याल गर्न अति आवशेक रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

प्रकाशित : शुक्रबार, भदौ ३०, २०७४१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषमा देखिने यस्ता ८ सामान्य संकेत जसले ज्यानै लिन सक्छ !