मेहेन्दीको कारण स्वास्थ्यमा हुने ७ खतरनाक समस्याहरु यस्ता छन्…

काठमाडौँ, अहिले धेरै महिला लगायत पुरुषहरु आफ्नो स्वास्थ भन्दा पनि बढी सुन्दरतालाई प्राथमिकता दिने गर्दछन्। जस्तै कपाल कै कुरा गर्दा अधिकांस मानिसहरु आफ्नो कपालमा थुप्रै रङ्गका मेहेन्दी लगाउने गर्दछन् । ति सबै रङ्गहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुनाले यसले मानिसको सुन्दरतामा निखार ल्याउनु भन्दा पनि झन् धेरै असर परिरहेको हुन्छ।

यस्ता छन् विभिन्न थरिका हेयर कलर अर्थात् मेहेन्दी  प्रयोग गर्दा हुने समस्याहरु :

१.  हेयर कलरको प्रयोगले कपालको पौष्टिक तत्व नास हुन्छ । जसले कपाल झर्ने समस्या उत्पन्न हुन्छ।

२. हेयर कलरहरुबाट आउने वास्नाले हाम्रो फोक्सोमा असर पुर्याउन सक्छ ।

३. मानिसको संवेदनशिल अङ्ग मानिने आँखामा हेयर कलरले नराम्रो असर गर्दछ। साथै यसले आँखा पोल्ने र दुख्ने समस्या उत्पन्न हुन्छ।

४. हेयर कलरहरुमा धेरै केमिकलहरु प्रयोग हुने भएकोले यसले केहि मानिसको छालामा एलर्जी हुन सक्छ ।

५. धेरै हेयर कलरहरु प्रयोग गर्ने मानिसहरुमा क्यान्सरको खतरा हुन सक्दछ।

६. हेयर कलरहरुको प्रयोग गर्नाले कपालमा चाँया पर्छ ।

७. अनुहारमा दाग र एलर्जी आउन सक्छ ।

 

प्रकाशित : सोमबार, भदौ २६, २०७४१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारबाटै पत्ता लगाउन सकिन्छ यस्ता १० रोग: जान्नुस् के के हुन् ?