एजेन्सी, गर्मि सँग-सँगै मानिसहरुको पसिना उत्पन्न हुने समस्या आउने गर्दछ । शरीरमा पसिना आउनु स्वभाविकै हो। धेरै जसो पसिनाले काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँने गर्दछ । कतिपय मानिसहरु विभिन्न बडी स्प्रे तथा परफ्युमको प्रयोग गर्ने गर्दछन् भने कतिले नियमित नुहाउने, पानी पिउने अनि सन्तुलिन भोजनमा ध्यान दिने गर्दछन्।यसै गरी गर्मि मौसममा धेरै समस्या भनेको जुत्ताबाट अउने गन्ध हो। यसले हामीलाई नियमित रुपमा निकै असर पारिरहको हुन्छ। खुट्टाबाट आउने गन्धलाई “ब्रोमिहाइड्रोसिस” भनिन्छ ।
खुट्टाबाट आउने दुर्गन्ध हटाउनको लागि अपनाउनुहोस् यी ६ उपायहरु:
१ . बास्नादार तेल: वास्नादार तेलले ब्याक्टेरिया मार्ने र खुट्टाबाट आउने गन्धलाई हटाउन मदत गर्छ । बास्नादार तेललाई हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाई राख्नु पर्दछ।
२. फिटकिरी: फिटकिरीमा एन्टि सेफ्टिक गुण हुन्छ र यसले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । फिटकिरीको प्रगोग गर्दा खुट्टाबाट आउने गन्धलाई हटाउछ।
३. बेकिङ सोडा: यसले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ । बेकिङ सोडा हल्का तातोपानीमा मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुबाउनाले समस्या हटेर जान्छ ।
४. अदुवा: अदुवाले खुट्टाबाट आउने गन्धलाई हटाउछ । अदुवाको रसले खुट्टामा मालिस गर्नाले गन्ध हटेर जान्छ ।
५. नुन : नुनले पसिनाबाट हुने संक्रमणलाई रोक्छ र नुनलाई फिटकिरी सरह प्रयोग गर्न सकिन्छ ।
६. नियमित रुपमा खुट्टा धुने: यदि तपाइले नियमित रुपमा आफ्नो खुट्टा धुनुहुन्छ भने तपाईको खुट्टाको गन्ध आफै हराएर जान्छ। यसै गरि तपाई आफुले लगाएको मोजा पनि दैनिक रुपमा धोएर खुट्टाबाट आउने दुर्गन्धलाई हटाउन सक्नुहुन्छ।