काठमाडौँ, गायिका मेलिना राइको ब्युटी बन्ने १० टिप्स यस्ता छन्। नयाँ पत्रिकाले छापेको छ ।
१. हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार धुने र चिसो पानीले पखाल्ने ।
२. फेसवास गरेपछि मोस्चराइजर प्रयोग गर्ने ।
३. बाहिर निस्किनुअघि सनब्लक क्रिम लगाउने ।
४. सनब्लकपछि बिबीक्रिम लगाएर हल्का पाउडर टच गर्ने ।
५. विशेष कार्यक्रममा जाँदा परिस्थिति हेरेर केही हेभी मेकअप गर्ने ।
५. आँखामा मस्कारा र ओठमा लिपस्टिक लगाउन कहिल्यै नछुटाउने ।
७.बेलुका घर फर्किएपछि फेसवास गर्ने ।
८. सुत्नुअघि नाइट क्रिम प्रयोग गर्ने ।
९. हप्तामा एकपटक फेसियल गर्ने ।
१०. हप्तामा दुईपटक तोरीको तेलले कपाल मसाज गर्ने । महिनामा दुईपटक ट्रिटमेन्ट गर्ने ।