दशैँमा सपिङ्ग गर्दै हुनुहुन्छ ? जानिराखौ, तपाईको छालालाई कस्तो रङको ड्रेस सुहाउँछ?

काठमाडौँ, दसैँ नजिकिँदै छ । बजारमा ड्रेस किन्नेको भिडभाड बढ्दै छ । बजार घुम्दा डमीलाई लगाएका सोपिस सबै राम्रो भएजस्तो देखिन्छ र किन्न मन लाग्छ । बजारमा अरू कसैले लगाउँदा सुहाएको लुगामा पनि मन आकर्षित हुन्छ । आफूलाई पनि सुहाउला भनेर किन्ने गरिन्छ । तर, फेसन डिजाइनरहरू भन्छन्य-स्तो लहडमा कहिल्यै ड्रेस किन्नु हुँदैन । बजेट र क्वालिटीबाहेक सुहाउने सन्दर्भमा ड्रेसबारे सबैभन्दा सोच्नुपर्ने कुरा हो-रङ । आजको नयाँ पत्रिकामा समाचार छ ।

फेसन डिजाइनर नवीना महर्जनले गोरो, कालो र गहुँगोरो वर्णका व्यक्तिले कस्तो रङको ड्रेस रोज्ने र कस्तो नरोज्ने भन्नेबारे टिप्स दिएकी छिन् :

१. गोरो वर्ण 
गोरो वर्ण भएका व्यक्तिले ड्रेस किन्दा रङ नमिल्ला कि भनेर त्यतिसाह्रो डर मान्नु पर्दैन । प्रायः सबै खालका रङ गोरो छाला भएका व्यक्तिलाई सुुहाउँछ । तर, केही रङमा भने सचेत हुनैपर्छ । डार्क कलर सकेसम्म प्रयोग नगर्नु नै राम्रो हुन्छ । डार्कमा पनि पूरै ब्ल्याकलाई तिरस्कार नै गर्दा हुन्छ । मिडियम डार्कसम्म भने ठीकै हुन्छ । त्यसो त ओभर ब्राइट कलर पनि गोरो छालामा सुहाउँदैन । मतलब यो होइन कि ह्वाइट कलर नै सुहाउँदैन । ह्वाइटमा क्रिम कलर लगाउन सकिन्छ, तर ट्युबलाइट कलर भने नरोज्नु नै ठीक हुन्छ ।

२. कालो वर्ण
कालो वर्णका व्यक्ति गोरो छाला भएका व्यक्तिको तुलनामा ड्रेसको रङबारे बढी नै सचेत हुनुपर्छ । कालो व्यक्तिले पहेँलो रङको ड्रेस नलगाउने भन्ने हुन्थ्यो, तर अहिले फेसनमा पहेँलो पनि चलेको छ । तर, पहेलोमा सेलेक्टेड मात्रै सुहाउँछ । लेमन एलो (कागती रङको) सुहाउँछ भने हाइलाइट एलो सुहाउँदैन । हरियो रङ पनि कालो वर्णका व्यक्तिले तिरस्कार नै गरिदिए हुन्छ । सुन्तला रङ भने राम्रो सुहाउँछ । कालो छाला भएकाले कालो नै रङको कपडाचाहिँ रोज्नु नै बेकार हुन्छ । यो सुहाउँदैन । डार्क कलर कम नै प्रयोग गर्दा हुन्छ । धेरै ब्राइट (लाइन फाल्ने) पनि रोज्नु राम्रो हुदैन । रातो र सेतो रङको ड्रेस पनि कालो छालामा राम्रोसँग म्याच गर्छ ।

३. गहुँगोरो वर्ण
रातो वर्णका व्यक्ति पनि हुन्छन् । तर, यो वर्णलाई गहुँगोरो क्याटगरीमै राखिन्छ । कालो र गोरो वर्णको बीचको रङलाई गहँुगोरो भनेर चिनिन्छ । गहँुगोरो वर्ण हुनुको फाइदा यो हो कि सबै रङका ड्रेस म्याच हुन सक्छ । जुन रङ पनि सुहाउने गर्छ । एउटा मात्रै कुरामा सचेत हुनुपर्छ । आफ्नो स्किनटोनसँग मिल्ने कलर गहुँगोरो व्यक्तिले प्रयोग नगर्दा राम्रो हुन्छ ।

प्रकाशित : आइतबार, भदौ २५, २०७४१०:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् गायिका मेलिना राइको ब्युटी बन्ने १० टिप्सहरु