पानी पिएरै १० दिनमा ५ किलो तौल घटाउने तरिका ! कसरी जन्नुस् ?

एजेन्सी – जीवनको लागि पानी अत्यावश्यक पेय-पदार्थ हो भन्ने कुरा हामि सबैलाई थाह छ। पानीले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसलाई स्वास्थ्य कायम राख्न, रिस कम गर्न लगायत अन्य थुप्रै फाईदाजनक प्रयोजनका लागि प्रयोग गरिन्छ।

त्यतिमात्र नभई पानीले मोटोपन कम गर्न पनि ठुलो भूमिका खेल्ने तथ्य फेला परेको छ । बेलायतकी फिटनेस विशेषज्ञ शाउना वाकरले गरेको धेरै चोटीको ‘वाटर थेरापी’ अनुसन्धानबाट उनले पानी नै पिएर १० दिनमा ५ किलोसम्म तौल घटाउन सक्ने निष्कर्समा पुगेकी छिन् । उनि भन्छिन, जब शरिरमा पर्याप्त मात्रामा पानी पुग्छ तब हाम्रो शरिरका अंगहरुले सही तरिकाले काम गर्न थाल्छ। जति धेरै पानी त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता र मेटाबोलिजम जसले छिटो तौल घटाउन मद्दत पुर्याउछ।

पानी पिउने तरिकाहरु :
– बिहान उठ्ने बित्तिकै खाली पेटमा डेढ गिलास पानी पिउने गर्नुस्, यसले तौल घटाउन मात्र नभई दिमागलाई शक्ति दिने र दिनभर सक्रिय राख्न मद्दत गर्छ।
– चिया, कफी पिउनु भन्दा अगाडी एक गिलास पानि पिउनुस। यसले चिया वा कफिले हुने एसिडिटीबाट बचाउछ र तौल कम गर्न सहयोग गर्छ।
– खाना खानु भन्दा आधा घण्टा अगाडी एक वा दुइ गिलास पानी पिउनुस। यसले भोक कम गरि तौल घटाउन सहयोग गर्छ ।
– सुत्नु भन्दा अगाडी पानि पिउनुस। यसले विहान शरिरबाट टक्सिन्स बाहिर निकाल्न मदत्त गर्छ।
– एकै चोटी धेरै पानी नपिउनुस बिस्तारै अलि-अलि गरेर दिनमा ८-१० पटक पानी पिउनुस ।
– सफ्ट ड्रिङस, जुस को सट्टा पनि पानि नै पिउनुस ।
– धेरै भोक लाग्छ भने तातो पानीलाई चिया जसरी पिउनुस। यसले पनि तौल घटाउन सहयोग गर्छ ।

प्रकाशित : आइतबार, भदौ २५, २०७४१५:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो गर्नाले तपाईको ‘प्राइवेट पार्ट्स’ मा हुन सक्छ समस्या, जानी राखौँ