सावधान! यसरी औषधी सेवन गरेमा ज्यानै पनि जान सक्छ, सबैले जान्नै पर्ने

एजेन्सी- हरेक मानिस एकचोटी जीवनमा बिरामी हुने गर्छ चाहे त्यो सानो होस् या ठुलो र रोग निको पार्न औषधी खाइन्छ । त्यसैगरी यदि औषधी पनि सहि तरीकाले सेवन नगरेमा ज्यान बचाउनुको सट्टा ज्यानै लान पनि सक्छ । त्यसैले यस्ता कुराहरुमा हामी एकदमै चनाखो हुनुपर्छ ।

यसरी औषधी सेवन कहिल्यै नगर्नु होस्:

१. पेनकिलरको दुषप्रयोग 

औषधीमध्यमा सबैभन्दा धेरै प्रयोग हुने औषधी हो, पेनकिलर । टाउको दुख्दा होस् वा पेट । हाम्रो समाजमा पेनकिलरको प्रयोग अत्याधिक मात्रामा हुने गर्छ । यसले पेट सुनिन सक्छ, जसले गर्दा पेटमा अल्सर हुने, पेट भित्र आन्तरिक रक्तश्राव हुने गर्दछ । त्यतिमात्र हैन, अतयाधिक मात्रामा पेनकिलरको प्रयोगले उच्च रक्तचापको खतरा चार गुणा बढाउने गर्छ ।

२. रोग पहिचानमा गल्ती

टाउको दुख्नु, खोकी लाग्नु लगायतका समस्या कयौ रोगका लक्षण हुनसक्छ । त्यसैले, एउटा लक्षणलाई मात्र ध्यानमा राखेर औषधीको सेवन गर्नु स्वास्थ्यका लागि घातक हुनसक्छ । कुनै पनि औषधीको सेवन गर्नु पूर्व त्यसको सतही लक्षण हेर्नुभन्दा खास कारण थाहा पाउनुपर्छ ।

३. एन्टी बायोटिक्सको प्रयोग

चिकित्सकको सल्लाह बिना एन्टी बायोटिक्सको प्रयोग घातक हुनसक्छ । यसले शरीरमा विशेष प्रकारको रोग प्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा गम्भीर समस्याका बेला उक्त औषधीले सही तरीकाले काम गर्न सक्दैन र त्यस्ता औषधी प्रभावहीन हुने गर्छन् । चिकित्सकको सल्लाह बिना एन्टी-बोायटिकको प्रयोगले शरीरमा प्रतिरोधी क्षमता आउनुले ज्यानै जाने सम्मको खतरा बढ्छ ।

४. गलत तरीकाले औषधीको सेवन

एउटै औषधी पनि विभिन्न रोगका लागि विभिन्न प्रकारले लिने गरिन्छ । त्यसैले, यस्ता औषधी प्रयोग गर्नु पुर्व यी औषधी कुन कुन प्रयोजनका लागि उपयोग गरिदैछ भनेर जान्नु निकै आवश्यक छ । किनकी कुनै पनि औषधीको सही तरीकाले उपयोग गर्न नसकेको खण्डमा त्यसको असर कम हुनसक्छ वा त्यसले, स्वास्थ्यमा हानी पुर्‍याउँन सक्छ ।

५. मात्रा कम/ बढी हुनु

चिकित्सकको सललाह विना लिएको औषधी स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । निश्चित रोगका लागि हामीले लिएको औषधीमा मात्रा तल, माथि हुदाँ औषधीले सही तरीकाले काम नगर्न सक्छ । त्यस्तै, आवश्यकता भन्दा बढी मात्रामा औषधीको सेवनले पनि शरीरका कयौ अंगहरुमा असर पार्न सक्छ ।

 

प्रकाशित : मङ्गलबार, साउन १७, २०७४१५:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण केकमा मैनबत्ती निभाएर नमनाउनुहोस आफ्नो जन्मदिन!