यसकारण केकमा मैनबत्ती निभाएर नमनाउनुहोस आफ्नो जन्मदिन!

एजेन्सी- आजकल आफ्नो जन्मदिन केक काटेर मनाउने प्रचलन बढ्दो रुपमा छ । जन्मदिनमा केक काट्नु अहिले साधारण भएको छ । केक काट्नुका साथसाथै केक काट्नुभन्दा अघि बालिएको मैनबत्तीलाई फुकेर निभाउने प्रचलन पनि छ ।

यस्तो गर्न नहुनुको २ कारण छन्:एक सांस्कृतिक कारण भने अर्को बैज्ञानिक कारण । यो वास्तबमा नेपाली प्रचलन नभई एक विदेशी परम्परा हो । यसको कारणले हामीले हाम्रो पहिलेदेखि चलिआएको परम्परालाई भुल्दै आएका छौं ।

संस्कृतिक कारणका साथसाथै यसको बैज्ञानिक कारण पनि रहेको छ । ठुला विज्ञहरुले यस्तो बानी भएकालाई चेतावनी दिएका छन् । यूएसको क्लेम्सन युनिभर्सिटीका फूड सेफ्टी प्रोफेसर पल डावसनले अनुसन्धानमार्फत यो कुरा पुष्टि गरेका छन् कि फुकेर मैनबत्ती निभाउँदा १,४०० प्रतिशत ब्याक्टेरिया केकमा जम्मा हुने गर्दछ । डावसनले यो अनुसन्धानका लागि सबैभनदा पहिले केकमाथि एल्यूमिनियम फोयल बिछ्याए । त्यसमाथि मैनबत्ती राखे र त्ससलाई फुकेर निभाउन आग्रह गरे । त्यसपछि जब उनले उक्त फाइलको ल्याब टेस्ट गरे तब यसमा थुप्रै ब्याक्टेरिया जमेको पाए । यदि कोही मानिसलाई पहिलेदेखि नै थुप्रै स्वास्थ्य समस्या छ भने केकमार्फत् अन्य व्यक्तिसम्म पुग्न सक्छ र मानिसका लागि निकै घातक बन्न सक्छ ।

यदि केकमा मैनबत्ती निभाएर आफ्नो जन्मदिन निभाएमा हाम्रो शरीरमा धेरै किसिमको हानि हुने गर्दछ । यस्ता ब्याक्टेरियायुक्त केक खाँदा शरिरमा संक्रमण फैलिनसक्छ, एलर्जी हुनसक्छ, ज्वरो आउन सक्छ, मुखभित्रको छालामा समस्या हुनसक्छ, टाउको दुखाईको समस्या हुनसक्छ, गलामा संक्रमणको समस्या हुनसक्छ र चर्मरोग पनि हुनसक्छ ।

त्यसैले सकेसम्म आफ्नो जन्मदिन मैनबत्ती बालेर नमनाउनुहोस ।

प्रकाशित : बिहिबार, साउन १९, २०७४१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ठूलो नितम्ब हुने महिला स्वस्थका हिसाबले निकै भाग्यमानी हुने, यस्तो भन्छ एक अध्ययन…