१ चम्चा नुनको प्रयोगबाट पाउन सकिन्छ यस्तो आश्चर्यचकित पार्ने नतिजा !

एजेन्सी – वर्षा यामको समयमा अनुहार डन्डीफोर आउनु एउटा सामान्य कुरा हो।  जसको कारणले गर्दा हाम्रो अनुहार ओएली पनि हुन्छ। खासगरी ओएली फेस हुने मानिसको त सधैजसो नै डन्डीफोर (पिम्पल) आउने समस्या हुन्छ।

यस्तो खालको समस्या कस्मेटिक उपायबाट केही समयका केहि हद कम गरी ठिक गर्न सकिन्छ। यसको समाधान प्राकृतिक रुपमा गर्दा राम्रो हुन्छ। अन्य कस्मेटिक क्रिम या औषधि प्रयोग गर्दा महँगो हुन्छ र त्यसमा हुने रासायनिक पदार्थको मिश्रणले साइड इफेक्ट समेत हुने गर्छ।

डन्डीफोर (पिम्पल)ले गर्दा तनाबमा पर्नु भएका तपाइलाई त सामान्य तरिकाले डन्डीफोर निको हुन्छ भन्ने विस्वास पनि लाग्दैन होला।  तर आज हामी तपाई यस्तै निकै सजिलो प्रकृतिक उपाए दिँदै छौँ। तर यो प्रक्रिया नियमित गर्नु पर्ने हुन्छ।

यस उपायले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको काम  गर्छ । यसलाई त्वचाको कम्पलिट हेरचाह गर्ने बिधि मानिन्छ ।

प्रयोग गर्ने बिधि

– कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् ।

– त्यसपश्चात आफ्नो अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् ।

– अनि नुन र महको मिश्रण अनुहारमा लगानुहोस् ।

– फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् । भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् ।

– कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् ।

यो काम तपाइले एक हप्तामा कम्तिमा दुईपटक गर्नु पर्ने हुन्छ  । नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । नुनले किटाणु (ब्याक्टेरिया)को नाश गर्छ । त्यसैगरी मह एक प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार ल्याउँने काम पनि गर्दछ ।

प्रकाशित : शनिबार, साउन १४, २०७४१५:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘ब्रा’ किन्दा हरेक युवतीहरुले जान्नैपर्ने महत्वपूर्ण कुराहरु यस्ता छन्…