धेरै जसो रोग तथा समस्याहरु हाम्रा खानपान तथा जीवनशैलीसँग जोडिएको हुन्छ। त्यसैले जति राम्रो खानपिन हुन्छ र जति उच्च हाम्रो जीवनशैली रहन्छ, त्यतिनै हाम्रो शरीरमा रोगको जोखिम कम हुन्छ।
यसैगरी हाम्रो खानपिनसँग सम्बन्धित थुप्रै बानीले हामीलाई मधुमेहको रोगी पनि बनाउन सक्छ। त्यसैले हामी यस कुरामा धेरैनै सचेत हुनुपर्छ। यिनै हुन् ति पाँच गलत बानी जसले तपाईंलाई मधुमेह लाग्न सक्छ।
१. चीनीयुक्त पेय पदार्थ पिउनु:
यस्ता पेय पदार्थमा चीनिको मात्रा अत्यधिक हुन्छ जसले शरिरमा क्यालोरी बढाउने गर्दछ। यसलाई दैनिक पिउँदा मधुमेहको जोखिम बढ्ने गर्दछ ।
२. अनियमित खानाः
अनियमित खानपिनले मधुमेह मात्रै हैन अरु थुप्रै रोगहरु निम्त्याउछ। ठिक समयमा खाना नखाँदा मेटाबोलिजम स्लो हुन्छ। यस्तोमा तौल बढ्न थाल्छ जसले मधुमेहको खतरा बढ्ने गर्दछ।
३. ब्रेकफास्ट नगर्नुः
बिहानको ब्रेकफास्ट नगर्दा शरिरको इन्सुलिन स्तर बिग्रन्छ। यसले शरिरको सुगर लेभल अनियन्त्रित हुन्छ जसले गर्दा मधुमेहको खतरा बढ्ने गर्छ।
४. पानी कम पिउनुः
पानी हरेक रोगको मूल उपचार हो। त्यसैले यदि हामीले दिनभरी पर्याप्त नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यसले ब्लड सुगर लेभल बिग्रन्छ जसले मधुमेहको जोखिम बढ्ने गर्दछ।
५. माछा परहेज गर्नु:
माछासंग ओमेगा-३ फ्याट्टी एसिड भएका कारण यो फाइदाजनक छ। यो मधुमेहको लागि मात्रै नभएर अरु थुप्रै रोगहरुबाट बच्न पनि मद्दत गर्छ। यसलाई हप्ता २ चोटी खानु एकदमै स्वास्थ्यबर्दक मानिन्छ।