५ किसिमको हुन्छन् यौन पार्टनर, तपाई कस्ता पार्टनरमा पर्नुहुन्छ ?

काठमाडौँ, शारीरिक तथा मानसिक तनाव हटाउने विधीको रुपमा यौनलाई पनि लिईन्छ । यौन शारीरिक क्रिया भएपनि यसमा भावना जोडिएको हुन्छ । त्यसैले यौन क्रिया र त्यसबाट लिने सन्तुष्टि सबैमा एकरुपता हुँदैन । खासगरी पार्टनरको सोचाई, बुझाई आदिले यसमा खास भूमिका खेल्छ । किनभने, यौन साथी एकैखाले हुँदैनन्, धेरै थरीका हुन्छन् ।

हेर्नुहोस कस्ता-कस्ता हुन्छन् त यौन साथी अर्थात् पार्टनर ?

१. कामुक पार्टनर : यस्ता दम्पती कामुक प्रवृत्तिका  हुने गर्दछन्। साथै यस्ता जोडीहरुमा यौन इच्छा तिव्र हुन्छ। यौन मनोविज्ञका अनुसार यस्ता दम्पतीले यौनलाई नै महत्वपूर्ण हिस्सा ठान्ने भएकोले यौन सम्बन्धका क्रममा उनीहरु आक्रमक पनि हुने गर्छन् ।

२. स्वार्थी पार्टनर : कुनै यौन पार्टनर यति सम्म स्वार्थी हुन्छन कि उनीहरु केवल आफ्नो यौन सन्तुष्टिलाई मात्र ध्यान दिन्छन्। उनीहरु बेडरुममा आफुले जे चाह्यो त्यही होस् भन्ने चाहन्छन्। साथै उनीहरु आफ्नो पार्टनरको खुसी र सन्तुष्टमा कतिपनि ध्यान दिदैनन् ।

३. अधिक विश्वासिला पार्टनर : यस्ता दम्पती आफ्नो पार्टनरसँग यौन जीवन सुखद होस् भन्ने चाहन्छन् । साथै यौनलाई सुमधुर र सुखद बनाउने विधिको रुप लिन्छन् ।  उनीहरु आफ्नो दैनिक जीवनयापनका क्रममा आइपर्ने झन्झट, तनाव आदि हटाउनका लागि यौनको साहारा लिने गर्दछन् ।

४. रोमान्टिक पार्टनर : यस्ता दम्पती यौन सम्पर्कको बेला निकै रोमान्टिक गर्ने खालका हुन्छन् । उनीहरु पार्टनरलाई उत्तेजित गराउनका लागि धेरै उपाय निकाल्ने गर्दछन । साथै आफ्ना पार्टनरबाट पनि यस्तो अपेक्षा गर्छन् कि, उनले पनि यौनमा सक्रियतापूर्वक सहभागी जनाओस् । यस्ता दम्पतिहको यौन जीवन सफल र सन्तुष्ट हुन्छ ।

५. भावनात्मक पार्टनर : यस्ता दम्पति यौन सम्पर्कको बेला भावनात्मक रुपले एकआपसमा जोडिन्छन् । उनीहरुको लागि शारीरिक क्रिया दोस्रो प्राथमिकताका विषय हुन्छ । यस्तो दम्पतीले यौन सम्पर्कका लागि आफ्ना पार्टनरलाई कहिल्यै दवाव दिदैनन् । उनीहरु यौन सम्पर्कका क्रममा पनि एकअर्काको सन्तुष्टिमा बढी केन्द्रित हुन्छन् ।

 

प्रकाशित : शुक्रबार, साउन ०६, २०७४१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक सोधले भन्यो: गुलियो पदार्थले मानिसको स्मरण शक्ति गुमाउने