मुखमैथुन (ओरल सेक्स) निकै खतरनाक ! जानी राखौँ

एजेन्सी – विश्व स्वास्थ संगठन (डब्लुएचओ) का अनुसार  मुख मैथुन (ओरल सेक्स) स्वास्थ्यका लागि एकदमै हानिकारक र खतरनाक हुन सक्छ । मुख मैथुन असुरक्षित यौन सम्पर्क जत्तिकै खतरानाक भएको विश्व स्वास्थ्य संगठन उल्लेख गरेको छ । जसलाई ‘गौनरीअ’ भनिएको छ ।

डब्लुएचओले यो पनि चेतावनी दिएको छ यदि कुनै व्यक्ति गौनरीअको चपेटमा परे भने यसको उपचार गर्न धेरै मुश्किल हुन्छ । सेक्शुअली ट्रान्समिटेड इन्फेक्शन (एसटीआई) तीब्र रुपमा एन्टीबायोटिक्स औषधीका लागि पनि बाधा उत्पन्न गराइरहेको छ । यो बीबीसी हिन्दीमा प्रकाशित छ।  विशेषज्ञको भनाइ छ कि केही नयाँ औषधीसँगै समस्या पनि गम्भीर रुपमा अगाडि आइरहेको छ । ७.८ करोड मानिसहरु हरेक वर्ष गम्भीर यौन संक्रमणबाट पीडित हुने गर्छन् । र यसको सीधा असर प्रजनन क्षमतामा पडिरहेको छ । डब्लुएचओले ७७ देशका तथ्याङ्कको विश्लेषण गरेको छ । र यसबाट यो पत्ता लागेको छ कि एन्टीबायोटिक औषधीले गौनरीअको प्रतिकार गर्ने संभावना निकै कम छ । डब्लुएचओका डाक्टर टेवदोरा वीका अनुसार ती ठाउँं जापान, फ्रान्स र स्पेनमा यो रोगको कुनै उपचार छैन ।

उनी भन्छन्, ‘गौनरीअ एक खतरानाक बग हो । हरेक पटक तपाई एक नयाँ एन्टीबायोटिक्स प्रयोग गरेर गौनरीअको उपचार गर्नुहुन्छ । तर बगमा यसको कुनै असर पर्दैन । चिन्ताको कुरा यो छ कि गौनरीअको धेरै केस गÞरीब देशमा छ, जहाँ उपचार मुश्किल छ ।’ गौनरीअले गुप्ताङ्ग, मलद्वार घाँटीमा संक्रमण हुन्छ । तर अगाडि फेरि चिन्ता बढ्न जान्छ । डा. वी भन्छन्, ‘एन्टीबायोटिकले घाँटीमा नयाँ जीवाणुको जन्म दिन्छ । र त्यसमा गौनरीअसँग जोडिएको चीज पनि सामेल हुन जान्छ ।’ उनका अनुसार यदि घाँटीमा भएको सामान्य खसखसलाई ठीक गर्न एन्टीबायोटिक प्रयोग गर्यो भने त्यहाँ नाइसीरिया प्रजातिको जीवाणु पैदा हुन्छ । गौनरीअ जीवाणुको हमला यस्तो स्थितिमा ओरल सेक्स (मुख मैथुन)को माध्यमबाट हुन्छ । र यसबाट अझ धेरै खÞतरनाक गौनरीअ फैलिने सम्भावना हुन्छ ।

उनी भन्छन्, ‘अमेरिकामा एक पुरष अर्को पुरुषसँग सेक्स गर्छ भने यो उत्पन्न हुन्छ । किनकी यो मामला घाँटीको इन्फेक्सनसँग जोडिएको हुन्छ । कन्डमको प्रयोगमा आइरहेको गिरावटले पनि संक्रमण फैलिन मद्दत पुर्याउँछ ।’

के हो गौनरीअ ?

यो एक जीवाणुजनित बिमारी हो । जसलाई नाइसीरिया गौनरीअ भनिन्छ । यसको संक्रमण असुरक्षित यौन सम्पर्क र ओरल सेक्सबाट फैलिन जान्छ । यसबाट संक्रमित १० जना मानिसहरुमध्ये १ जना हेट्रोसेक्सुअल पुरुष हुन्छन् । र अन्यमा ७५ प्रतिशत महिला र गे पुरुष हुन्छन् । यसको लक्षण पहिचान गर्न पनि सजिलो छैन ।

यसका केही लक्षण छन्, जस्तै यौनाङ्ग हरियो तथा पहेँलो हुनु, पिसाव फेर्ने बेला दुख्नु हो । साथै महिनावारी भएको महिलाको रगत परीक्षण गरेर यो रोगको पहिचान गर्न सकिन्छ ।

यो यस्तो संक्रमण हो, जसको उपचार पनि छैन । यसले सिधै प्रजनन क्षमतामा असर गर्छ ।

प्रकाशित : शुक्रबार, असार २३, २०७४१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होसियार! यी पाँच गलत बानीले तपाईंलाई लाग्न सक्छ मधुमेह !