यस्तो खालको आलु खानु विष खाए समान ? भुलेर पनि खानु हुँदैन, जानी राखौं !

एजेन्सी – आलु यस्तो एक परिकार हो जुन जेसंग पनि मिल्छ। यो पकाएर, उसिनेर, तारेर जसरी पनि खान सकिने बहुउपयोगी तकारी पनि हो ।

फेरी यसलाई सजिलै र लामो समयसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ। आलु,  हिमाल, तराई, पहाड जहाँ पनि फाल्ने र सजिलै पाऊन साकिने तरकारी हो । मानिसहरुले आलुलाई एकै पटकमा धेरै मात्रामा खरिद गरेर भण्डारण गर्ने प्रचलन रहेको छ ।  तर यसरी लामो समयसम्म भण्डारण गरेको आलुमा केहि परिवर्तनहरु देखा पर्न थाल्छ, जो खानको निम्ति अयोग्य मानिन्छ ।

कस्तो खालको आलु खानु विष खाए समान हुन्छ ?

हरियो भएको रंग: बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

चाहुरी परेको आलु: गाउँघरतिर बिऊको लागि राखिएको आलु पनि तराकारीको रुपमा प्रयोग गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । तर, यस्तो आलु सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।

अंकुरित आलु: आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।

आलुमा कस्ता खालका गुण पाईन्छ ?

आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन-सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।

प्रकाशित : आइतबार, असार १८, २०७४१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुखमैथुन (ओरल सेक्स) निकै खतरनाक ! जानी राखौँ