यस्ता छन् कागती सेवन गर्नुका आश्चर्यचकित पार्ने फाईदै-फाईदा…

एजेन्सी – कागती एक निकै उपयोगी फल हो। यसले मानिसलाई लाग्ने विभिन्न खाले रोगहरुसँग लड्न सक्ने क्षमता प्रदान पनि गर्दछ। कागती एन्टीअक्सिडेन्ट ‘भएकाले शारिरमा रहेको विकारलाई निस्किय पारी स्टोक ,मुटु रोग र क्यान्सर जस्ता खतरनाक रोगहरुबाट पनि बचाउनमा मद्धत गर्दछ।

कगतीले ब्लडप्रेसर घटाउनुको साथै पाचन शक्तिमा समेत मद्धत गर्छ। कागतीले भोक जगाउनुको साथै शरीरमा स्फूर्ति समेत बढाउछ। यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। दालसंग कागती प्रयोग गर्दा यसले शरीरलाई लौहतत्वको शोसन गर्न मद्धत गर्नुका साथै कागती सेवन घरमा बिरामी हुदैन भन्ने मान्यता पनि छ। कागतीले चिसो मौसममा रुघाखोकी बाट पनि बचाउछ। कागतीको जुसले छालालाई। त्यसैगरी कगती खानाले मानिसलाई सुन्दर र कोमल पनि बनाउदछ । हट लेमनको सेवन  बानीले हाम्रो पाचनप्रकियालाई सहज र कलेजो सफा पार्दछ।

कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ र टाउको मा चाया परेको छ भने कागतीको जुसले मालिस गर्दा चाया समेत कम हुन्छ। वाकवाकी लागेको समयमा कागती पानि खानाले वा कागतीको टुक्रा चाट्नाले वाकवाकी लागेको रोकिन्छ र उक्त रक्तचाप भएका बिरामीले एक कप पानीमा एक चम्चा कागती पानि मिसाएर खाने गर्नाले राम्रो हुन्छ। घाटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसायर खानाले निको हुन्छ। उक्त कागती पानी ले मुख कुल्ला गर्नाले मुख गनाउने समस्या समेत हट्दछ। र साथै मुख मा भएको घाउ र दात बाट रगत आउने समेत निको हुन्छ।

पसिना गन्नाउने समस्या भएकाहरुले पानीमा दुइ चम्चा कागतीको रस राखेर नुहाउने,उक्त बोक्रा लाई काखी र खुट्टामा दल्ने गर्नाले कम हुन्छ। जुम्रा पर्दा पनि कागतीको प्रयोग सकिन्छ। दुइ चम्चा कागतीको रस र एक दुइ चम्चा लसुनको लेदो बनाएर दुई चार घण्टा सम्म मसाज गर्न ले जुम्रा मर्दछ

प्रकाशित : आइतबार, असार १८, २०७४१५:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो खालको आलु खानु विष खाए समान ? भुलेर पनि खानु हुँदैन, जानी राखौं !