क्यान्सर बिरामीको उपाचारको लागि मनिषा कोईरालाले गरिन् आर्थिक सहयोग

एजेन्सी – काठमाडौंमा भएको पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा सहभागी भएकी अभिनेत्री मनिषा कोइरालाले क्यान्सर बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेकी छिन् । उनले क्यान्सर केयर नेपाललाई बिरामीको उपचारमा खर्च गर्न भन्दै एक लाख रुपैयाँ सहयोग गरेकी हुन् ।

मनिषा कोईराला पनि क्यान्सरसँग लडिसकेकी छिन् । उनलाई पाठेघरको क्यान्सर भएको थियो । तर उनले हिम्मत नहारिकन समयमै क्यान्सरको उपचार गरिन् । र लामो समयपछि क्यान्सर जस्तो खतरनाक रोगबाट मुक्त भईन् । यसै कारणले गर्दा मानिषा कोईराला क्यान्सर बिजेता हुन् ।

अनुभवी मनिषा कोईरालाले क्यान्सर उपचार र बिरामीका लागि धेरै काम गर्ने योजना बनाएकी छिन् । यसका साथै  उनले आगामी दिनमा क्यान्सर बिरामीको उपचारका लागि आफ्ना तर्फबाट थप सहयोग गर्दै जाने बताएकी छिन् ।

प्रकाशित : आइतबार, असार ०४, २०७४१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ , गर्मी मौसममा अनुहारलाई बिग्रिन नदिई सुन्दर राख्ने ५ उपाय