यदि तपाईं घरमा लुगा सुकाउनुहुन्छ भने तपाइंको स्वास्थ्यलाई खतरा !

“घर भित्र कपडा सुखाएमा हाम्रो चिस्यान बढ्दै गइ मोल्ड्सहरु बन्छ जसको कारण हाम्रो शरीरमा स्पोर्सको मात्र बढ्दै जान्छ। यी स्पोर्सहरु हामी देख्दैनौं तर यो बढेमा एल्लर्जि र अस्थमाजस्तो भयानक बिमारी हुन सक्छ।” बिशेसज्ञहरु भन्छन।

घरमा लुगा सुकाएमा बच्चा र वृद्दहरुलाई झन् खतरा छ किनभने तिनीहरुको प्रतिरक्षा प्रणाली कम्जोर हुन्छ।

बिशेसज्ञहरु भन्छन हामीले कपडालाई बाहिर अथवा हावा आउने जाने ठाउँमा सुकाउनु पर्छ।

फीना केन्नी नामको एक अनुसन्धानकर्ताले भने कि घरभित्र कपडा सुकाएमा एस्पेगिल्लस फ्यूमिगेटस नामक फंगस विकसित हुन्छा जसले गर्दा हाम्रो फोक्सोमा नराम्रो असर पर्छ। अझ यो फंगस पानि पर्ने गर्मि सिजनमा झन् बढ्दै जान्छ जसको कारण अस्थ्माको बिमारीलाई गहिरो असर पर्छ। यो गर्भवती महिलाको लागि झनै खतरा छ।

मोल्ड्सहरु भिजेको र चिस्यान ठाउँमा बढी पाइन्छन। यो तपाइंको किचेन अथवा बाथरूममा पनि हुन सक्छ। यसलाई झ्याल खुल्ला राखेर बढ्नबाट रोक्न सक्छौं।

पानि, भिनेगर र साबुनको झोल प्रयोग गरी सफा गरेर पनि मोल्ड्सहरुलाई हटाउन सकिन्छ।

 

प्रकाशित : आइतबार, असार ०४, २०७४१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यान्सर बिरामीको उपाचारको लागि मनिषा कोईरालाले गरिन् आर्थिक सहयोग