यस्तो छ उच्च रक्तचापको कारण , लक्षण र तपाईंले जान्नैपर्ने महत्वपूर्ण कुराहरु

एजेन्सी – रक्तसञ्चार हुने बेलामा रक्तनलीको भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ । सामान्य रक्तचाप १२० र ८० भन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी हुनु उच्च रक्तचाप हो ।

उच्च रक्तचापका कारण

१) धुम्रपान तथा सुर्ती सेवन
२) मानसिक तनाव
३) फास्टफुड र जंकफुड
४) चिल्लो र मसलादार खाद्यपदार्थ
५) मोटोपन
६) वंशाणुगत

उच्च रक्तचापका लक्षण

१) टाउको दुख्नु
२) नाकबाट रगत बग्नु
३) छाती दुख्नु
४) दम
५) रिंगटा लाग्नु
६) हिंड्दा स्वाँस्वाँ हुनु

जान्नैपर्ने महत्वपूर्ण कुरा

१)  नियमित रक्तचापको जाँच गर्नुपर्छ ।

२) मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुदैंन ।

३)  मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौलाको समस्या चाडैं देखिन्छ ।

४ ) औषधि त्यसै छोड्नुहुन्न । बीचमा छोड्दा मष्तिस्कघात र हृदयघातसम्बन्धि समस्या देखिन्छ ।

५ ) रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

प्रकाशित : आइतबार, असार ०४, २०७४१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यदि तपाईं घरमा लुगा सुकाउनुहुन्छ भने तपाइंको स्वास्थ्यलाई खतरा !