यी हुन् ३ सरल उपाय , कपालको चायाँ हटाउनको लागि निकै नै उपयोगी

एजेन्सी – कपालको चायाँ हटाउनको लागि तपाईंले विभिन्न किसीमका उपायहरुलाई अपनाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई यस्ता ३ उपायहरुको बारेमा जानकारी दिन्छौ ।

१) ताजा घ्युकुमारीको रस

ताजा घ्युकुमारीको रस लिनुहोस् । त्यसपछि यसलाई कपालमा लगाउनुहोस् । रातभरि त्यसै छोडि बिहान नुहाउनुहोस् ।

२ ) घ्युकुमारीको रस र कागतीको रस

तीन चम्चा घ्युकुमारीको रसमा २ चम्चा कागतीको रसलाई मिसाउनुहोस् । र टाउकोमा २० मिनेटसम्म लगाउनुभई नुहाउनुहोस् ।

३ ) कपूर र घ्युकुमारीको रस

कपूरलाई टाउकोमा लगाउनाले हामीलाई एक किसीमको आनन्दको महशुश हुन्छ । यसले रोगलाई संक्रमण गर्ने किटाणुहरु पनि नाश गर्दछ । पेस्टलाई बनाउनको लागि ३ चम्चा घ्युकुमारीको रसमा कपुर पिसेर राम्ररी मिसाउनुहोस् । त्यसपछि कपालमा लगाई केही घण्टासम्म त्यसै छोड्नुहोस् । यसपछि कपाल पखाल्नुहोस् ।

प्रकाशित : आइतबार, असार ०४, २०७४१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ उच्च रक्तचापको कारण , लक्षण र तपाईंले जान्नैपर्ने महत्वपूर्ण कुराहरु