के तपाई चना चटपटे र पानीपुरी खादैं हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् !

एजेन्सी – गर्मी मौसममा स्वास्थ्यसम्बन्धि विभिन्न किसीमका समस्याहरु देखिन्छन् । यस मौसममा धेरै मानिसहरुले सडकपेटिमा राखिएका पानीपुरी , चटपटे , बरफ , आईसक्रिम जस्ता खानेकुरा खाने गर्छन् । पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र बृद्ध सबैमा बढ्दो छ ।

यसले गर्दा मानिसहरु धेरै नै बिरामी हुन थालेका छन् । झाडापखाला , हैजा जस्ता समस्याहरु बढ्दै गईरहेको छ । खासगरी सडकपेटिमा बिक्रिमा राखेका खानेकुरा सफा र स्वस्थ हुदैंनन् । चिकित्सकका अनुसार धेरै मानिस बिरामी पर्नुको प्रमुख कारण अहिले यहि बनेको छ ।

गर्मी मौसममा झिङ्गा, लामखुट्टे तथा भुसुना बढी सक्रिय हुने गर्छन् । जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।

 

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको ढाड सहनै नसक्ने गरी दुखेको छ ? यस्तो छ कारण र बच्ने उपाय !